NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

औषधिका क्याप्सुल किन रङ्गीबिरङ्गी हुन्छन् ?

काठमाडौं । सबैले आफ्नो जीवनकालमा औषधि प्रयोग गर्छन् । औषधिको प्रयोगबारे धेरैलाई थाहा छ तर के तपाईँले औषधिको ट्याब्लेट र क्याप्सुलको रङ याद गर्नु भएको छ ? तपाईंले रातो, पहेँलो, निलो र गुलाबी रङका औषधिका क्याप्सुलहरु प्रायः देख्नुभएको होला तर ट्याब्लेट र क्याप्सुलको रङ किन फरक-फरक हुन्छ भनेर कहिल्यै सोच्नु भएको छ ? औषधिको रङबाहेक तिनीहरुको आकार पनि फरक हुन्छ ।

औषधिको फरक रङ के आधारमा तय गरिन्छ । यसको पछाडि मेडिकल साइन्सको कुनै फर्मूला लागू हुन्छ ?

जानकारी अनुसार ट्याब्लेटको रुपमा औषधिको प्रयोगको बारेमा पहिलो जानकारी इजिप्टको मानव सभ्यतामा प्राप्त भएको थियो । त्यसबेला माटो र रोटी मिसाएर औषधि बनाइन्थ्यो । ६० को दशकमा औषधिको रङ परिवर्तन हुन थाल्यो ।

सन् १९७५ मा सफ्टजेल क्याप्सुल तयार गर्ने प्रविधि आएपछि औषधिको आकार र रङमा धेरै परिवर्तन गरियो । औषधिमा फरक फरक रङ हुनुको मुख्य कारण यसमा प्रयोग हुने रसायानिक तत्व हो । औषधि बनाउँदा प्रयोग हुने रसायन वा ड्रग्सका आधारमा रङ पनि तय गरिन्छ ।

कार्बनको प्रयोग गरेर बनाउने औषधिको कालो रङको हुन्छ । रङको आधारमा पनि औषधिको पहिचान गर्न सहयोग पुग्छ । हाल औषधि बनाउन झन्डै ८० हजारभन्दा धेरै रङको संयोजन गरिन्छ ।

कुनै पनि औषधि तीन तरिकाले रङ्ग्याइन्छ । ट्याब्लेटको आधारमा अघुलनशील पिग्मेन्टहरु थपेर ट्याब्लेटलाई रङ लगाइन्छ । यसले सक्रिय अवयव र अन्य प्राकृतिक रङहरु मिक्स गर्न सहयोग मिल्छ । यसबाहेक चिनीको लेपबाट पनि ट्याब्लेटलाई रङ लगाइन्छ ।

यसबाहेक औषधिमा फिल्म कोटिङको प्रयोग गरेर रङ लगाइन्छ । कोटिङमा एक स्प्रे विधिद्धारा ट्याब्लेट रङ्गीन बनाइन्छ ।