NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

जापान र साउदी अरेबिया विश्वकपमा छानिए

काठमाडौं । जापान र साउदी अरेबिया कतारमा यसै वर्ष हुने फिफा विश्वकपमा छनोट भएका छन् ।

गएराति भएको एसियाली छनोटअन्तर्गत समूह बीको खेलमा अष्ट्रेलियालाई उसकै मैदानमा २–० ले हराउँदै जापान विश्वकपका लागि छानिएको हो ।

यस्तै, चीनसँग १–१ को बरारबरी खेल्नका बाबजुद साउदी अरेबिया पनि समूह बीबाट छनोट भएको छ ।

Saudi Arabia defeat China 3-2 in Qatar 2022 World Cup qualifiers - CGTN

अझै एक खेल खेल्न बाँकी रहेकाले समूह विजेता टुंगो लागेको छैन ।

हारपछि अष्ट्रेलिया भने प्ले एसियाली प्ले अफमा धकेलिएको छ ।

अष्ट्रेलियाले समूह एको तेस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछ । यसको विजेताले दक्षिण अमेरिकी देशसँग प्रतिस्पर्धा गर्नेछ ।

इरान र दक्षिण कोरिया यसअघि नै विश्वकपमा छनोट भइसकेका छन् ।

ब्राजिलसँग फराकिलो अन्तरले हारेपछि चिलीको विश्वकप यात्रा कठिन

ताजा अपडेट

नेपालवाच विशेष