NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनी सीमाकाे भ्रमणमा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्धबाट विस्थापित भएका शरणार्थीलाई पोल्यान्ड-युक्रेन सीमामा शुक्रबार भेट्ने भएका छन् ।

४ दिने युरोप भ्रमणमा रहेका बाइडेनले अमेरिका फर्किनुअघि युद्ध विस्थापितहरुलाई भेट्ने भएका हुन् । युक्रेनी सीमाबाट केही किलोमिटरको दुरीमा रहेको पोल्यान्डको सहर जेस्जोमा एयर फोर्स वनमार्फत बाइडेनले अवतरण गर्नेछ ।

भ्रमणको क्रममा बाइडेनले अमेरिकाको ८२ औं एयरबोर्न डिभिजनका सदस्यहरूलाई भेट्ने अपेक्षा गरिएको छ, जुन नाटोको पूर्वी भागमा तैनाथ गरिएको सैन्य इकाई हो ।

उनले युक्रेनको भयावह मानवीय अवस्थाका बारेमा पनि जानकारी लिनेछन् । युद्धका कारण २० लाख भन्दा बढी शरणार्थीहरू पोल्याण्डमा पसेका छन् ।