NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रुस र युक्रेनले पहिलोपटक साटे युद्धबन्दी

काठमाडौं । युक्रेनी र रुसी सेनाले युद्ध सुरु भएदेखि पहिलोपटक युद्धबन्दीहरु आदानप्रदान गरेका छन् । युक्रेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिनाको अन्त्यमा छिमेकी देशमा सेना पठाउने आदेश दिएपछि पहिलोपटक सेनाहरु आदान प्रदान गरेको बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आदेशपछि युद्धका बन्दीहरू पहिलोपटक साटिएको छ’, युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले बिहीबार फेसबुकमा लेखेकी छन् । रुस र युक्रेनले आ-आफ्नो नियन्त्रणमा भएका १० १० जना सेनाहरु फिर्ता पठाएका हुन् ।

भेरेश्चुकले ब्ल्याक सी बन्दरगाह सहर ओडेसानजिक उद्धार गरिएका ११ रुसी नागरिक युक्रेनले फिर्ता पठाएको छ भने रुसले पानी जहाज चालक दलका १९ युक्रेनी सदस्यलाई पनि मुक्त गरेको छ ।

रुसका राष्ट्रपति पुटिनले युक्रेनमा गरेकाे हमलालाई ‘विशेष सैन्य अपरेशन’ भनेका छन् । यसबाट अहिलेसम्म हजाराैं मानिस मारिएका छन् । हमला फेब्रुअरी २४ देखि जारी छ ।