NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

असन्तुष्ट भएका शेखरले देउवासँगको भेटमा के भने ?

काठमाडौं । कांग्रेसमा नेविसंघ र तरुण दलमा एकलौटी रुपमा अध्यक्ष चयन गरेको भन्दै डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । सहमतिमा गर्नेबारे छलफल भए पनि देउवाले एकलौटी रुपमा अध्यक्ष मात्रै चयन गरेको र आफूहरूसँग कुनै सल्लाह नै नगरेको भन्दै शेखर पक्षले असन्तुष्टि जनाएको हो ।

समूहमा असन्तुष्टि बढेपछि शेखर पक्षले १४ चैतका लागि नेविसंघ र तरुण दलको भेलासमेत डाकेको छ । केन्द्रीय समिति बैठक अघि शेखर पक्षका नेविसंघ र तरूण दलका कार्यकर्ताले प्रक्रिया नपुर्याइ अध्यक्ष चयन गरेकाे विराेधमा सानेपामा धर्नासमेत दिएका थिए । यसैबीच आफ्नो पक्षको असन्तुष्टिलाई लिएर डा. कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

भेटमा शेखरले छलफल गरेर सहमतिमा अघि बढ्ने भनेर कुराकानी गरेकै दिन किन एकलौटी रुपमा दुई भ्रातृको नेतृत्य चयनको प्रक्रियामा कोइरालाले असन्तुष्टि जनाएका हुन् ।

‘यसरी सुरुवातदेखि नै पार्टीमा अन्तरकलह देखियो भने चुनावको मुखमा राम्रो सन्देश जाँदैन भन्ने शेखरदाको कुरा थियो’ कोइरालाको स्वकीय सचिव दिनेश थपलियाले भने, ‘नेविसंघ र तरुण दलमा को व्यक्ति अयो भन्नेमा उहाँको असन्तुष्टि होइन । पार्टी बैठकले छलफल गरी प्रक्रिया पुर्याएर गठन किन गरिएन भनेर प्रश्न उठाउनुभएको हो ।’ जवाफमा देउवाले आफूले सबैलाई मिलाएरै अघि बढ्ने बताएका थिए । देउवाले शेखर पक्षबाटै महामन्त्रीमा निर्वाचित भएका गगन थापालाई स्थानीय तहको घोषणापत्र लेखनको संयोजकसमेत तोकेका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरेर रिक्त भ्रातृ संस्थामा नेतृत्व र कार्यसमिति चयन गरेर जाने सहमति बनेको थियो । तर सभापतिले दुई भ्रातृ संस्थापमा अध्यक्ष मात्रै चयन गरेपछि शेखर पक्षले आपत्ति जनाएको हो ।

शेखर पक्षका नेताहरूले सभापतिको यस्तै रवैया रहे भ्रातृ संस्थामा समानान्तर समिति गठन गरेर जानुपर्नेसमेत सुझाव दिएका छन् ।