NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

युक्रेनी सेनाले एक महिनासम्म शक्तिशाली रुसको कसरी प्रतिरोध गर्‍यो ?

काठमाडौं । युक्रेनमा रुसी आक्रमणको एक महिना पुरा भएको छ । अहिलेसम्म यस युद्धमा युक्रेनले धेरै बाधाहरु पार गरेको छ । ट्यांक, सेना, एयरक्राफ्टसहित बाँकी सबै तथ्यांकमा रुसभन्दा कमजोर हुनुका बावजुद पनि युक्रेनले रुसी सेनाको कडा प्रतिरोध गरेको छ । यसका लागि युक्रेनी सेनालाई सर्वसाधारणको पनि बलियो समर्थन रह्यो ।

उनीहरुले धेरैपटक रुसी सेनाविरुद्ध लडे । रुसले युक्रेनको क्रिमिया आसपासका धेरै क्षेत्र कब्जा गरेको छ । क्रिमिया सन् २०१४ मै रुसले आफ्नो भूभागमा गाभेको थियो ।

अहिलेको युद्धमा युक्रेनको राजधानी किएभसहित अन्य ठूला सहर छिट्टै कब्जा गर्ने र सरकारको राजीनामा लिने रुसको मुख्य उद्देश्य थियो । तर यो रुसले सोचेजस्तो सजिलो भएन । अझै पनि नतिजा युक्रेनको पक्षमा आउन सक्छ ।

युक्रेनमा सेना, एन्टी ट्यांक, एन्टी एयरक्राफ्ट, मिसाइलजस्ता हतियारको अभाव छ । युद्ध जित्न अगाडि बढ्दै आएका रुसी सेनालाई रोक्न आवश्यक छ । युक्रेनको पूर्वी क्षेत्रमा सैनिकहरुले घेर्ने र मार्ने खतरा छ । देशको एक चौथाई जनसंख्या घर छोडेर गएका छन् । जो बाँचेका छन्, उनीहरु रुसी हतियार र बमबारीको शिकार हुने सम्भावना छ । यी सबै तथ्यका बावजुद पनि युक्रेनका सेनाले धेरैपटक रुसी सेनाभन्दा राम्रो प्रदर्शन गरिरहेका छन् ।

रुस र युक्रेन यी दुवै देशका सेनाको मनोबलमा ठूलो अन्तर छ । युक्रेनका व्यक्तिहरु आफ्नो देशको अस्तित्वका लागि लडिरहेका छन् । युक्रेनीहरु हतियार उठाएर सहर र गाउँको सुरक्षाका लागि तयार छन् । रुसी सेनामा सैनिक विद्यालयबाट भर्खरै पासआउट भएका युवा धेरै छन् । धेरै रुसी सैनिकहरु यस्तो किसिमको युद्धका लागि तयार थिएनन् भनिन्छ । उनीहरुसँग युद्धको अनुभव थिए ।

युक्रेनी सेनाहरुले ‘हिट एन्ड रन’ नीति अपनाएका छन् । उनीहरु चुपचाप एन्टी ट्यांक मिसाइल हान्छन् र रुसले जवाफी कारबाही गर्नुभन्दा अगाडि नै लुक्छन् ।

अर्कोतर्फ, रुसी सेनाहरु इन्धन र खाद्यान्नको अभाव झेलिरहेका छन् ।

अनुमान गरिएको थियो, रुसी साइबर आक्रमणका कारण युक्रेनको सञ्चार प्रणाली पूर्णरुपमा समाप्त हुनेछ तर यस्तो भएन । यही कारण युक्रेनले युद्ध मोर्चामा प्रभावशाली समन्वय बनाउन सफल भयो । युक्रेनको सरकार किएभमा सक्रिय देखिएको छ ।

अर्कोतर्फ, रुसको सैन्य बलमा एकीकृत नेतृत्व छैन । युद्धमा खटिएका सेनाका मोर्चाहरुबीच समन्वयको अभाव छ । यसले गर्दा पनि रुसी सेनाको मनोबलमा नकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।

युक्रेनका सैनिकको संख्या रुसी सैनिकको तुलनामा कम भए पनि जमिन र आफ्ना हतियारको प्रयोग राम्रोसँग गरेका छन् । एकातिर रुसले आफ्ना सैनिक र सैन्य सवारीलाई लाइनमा राख्छ र सुस्त गतिमा अगाडि बढ्छ । अर्कोतर्फ युक्रेनका सैनिक छापामार तरिकाले युद्ध गरिरहेका छन् । युक्रेनी सेनाहरुले ‘हिट एन्ड रन’ नीति अपनाएका छन् । उनीहरु चुपचाप एन्टी ट्यांक मिसाइल हान्छन् र रुसले जवाफी कारबाही गर्नुभन्दा अगाडि नै लुक्छन् ।

कुनै हालतमा पश्चिमबाट हतियारको आपूर्ति रोकियो भने युक्रेन रुसको सामु लामो समय टिक्न सक्ने छैन ।

सैन्य रणनीतिकार जस्टिन क्रम्पले युक्रेनी सैनिकहरु रुसका सेनाको कमजोर बिन्दु खोज्ने र कडा प्रहार गर्न माहिर भएको बताउँछन् । उनका अनुसार युक्रेनले अत्यधिक प्रभावी रणनीति प्रयोग गरेको छ । अर्कोतर्फ, रुसका ५ जना उच्च अधिकारीहरु युद्धमा मारिएकाले रुसको कमान्ड संरचनामा धक्का पुग्ने विश्लेषण पनि गरेका छन् ।

युक्रेनी सैनिकको प्रतिरोधमा झन्डै ७ हजार रुसी सेना मारिएको पेन्टागनले जनाएको छ । यो संख्या अफगानिस्तानमा भएको १० वर्ष लामो युद्धमा मारिएका सैनिकको संख्याभन्दा पनि धेरै हो ।

रुसी सेनाविरुद्ध लड्न युक्रेनलाई अमेरिका, बेलायत, फ्रान्सलगायत पश्चिमेली राष्ट्रले आधुनिक हतियार उपलब्ध गराएका छन् । यसकारण पनि शक्तिशाली रुससँग युक्रेन एक महिनादेखि लडिरहेको छ । कुनै हालतमा पश्चिमबाट हतियारको आपूर्ति रोकियो भने युक्रेन रुसको सामु लामो समय टिक्न सक्ने छैन ।

रुसका ५९ प्रतिशत क्षेप्यास्त्र विस्फोट भएनन्ः युक्रेनी सेना

रुस र युक्रेनले पहिलोपटक साटे युद्धबन्दी