NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सार्वजनिक खरिद नियमावली संशोधनमा निर्माण व्यवसायीको आपत्ति, राष्ट्रिय भेला गर्दै

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । महासंघले नेपाल सरकारबाट जारी गरिएको सार्वजनिक खरिद नियमालीको एघारौँ संशोधनमा आपत्ति जनाउँदै राष्ट्रिय भेलाको आयोजना गर्न लागेको जनाइएको छ ।

राष्ट्रिय भेलाको आयोजना आउँदाे चैत्र १४ गते बिहान ८ बजे स्काई दरबार बैंक्वेयटमा गर्न लागेको महासंघले विज्ञत्तिमार्फत जानकारी दिएको छ । महासंघले संशोधनमा भएको त्रुटी, निर्माण सामग्रीमा अप्रत्यासित मूल्यवृद्धि र बीमासम्बन्धी जारी गरिएको निर्देशिकालगायत विषयमा आपत्ति जनाएका छन् ।

उक्त संशोधन उद्योगको हित विपरित हुने गरी आएको प्रावधानहरुमा संशोधन गराई निर्माण उद्योग मैत्री बनाउने विषयमा छलफलको लागि महासंघले राष्ट्रिय भेला आयोजना गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

भेलामा प्रदेश महासंघ, जिल्ला संघ र वस्तुगत संघ सदस्यहरूबाट अध्यक्ष तथा महासचिवसहित ३ जना र सबै एशाेसिएट रहने गरी तोकिएको समयमा उपस्थित हुन महासंघले अनुरोध गरेको छ ।