NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

युक्रेनलाई जर्मनीले दियो १५०० स्ट्रेला क्षेप्यास्त्र

काठमाडौं । जर्मन प्रेस एजेन्सीका अनुसार जर्मनीले युक्रेनलाई १ हजार ५ सय वटा स्ट्रेला एन्टी एयरक्राफ्ट मिसाइल र १०० एमजी ३ मेसिन गन दिएको छ । जर्मनीकी विदेशमन्त्री एनालिना बारबकले यसभन्दा अगाडि बुधबार युक्रेनलाई हतियार दिन ढिला भएको बताएकी थिइन् ।

उनले युक्रेनलाई सहयोग गर्न स्ट्रेला क्षेप्यास्त्र पनि प्रदान गरिने बताएकी थिइन् । जर्मनीको विदेश नीति अनुसार यसले द्वन्द्वग्रस्त क्षेत्र वा संलग्न देशहरूलाई हतियार दिँदैन । तर रुसले युक्रेनमा आक्रमण गरेपछि जर्मनीले आफ्नो विदेश नीति परिवर्तन गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एनालिनाले, ‘हामी विश्वमा हतियारको सबैभन्दा ठूलो निर्यातकर्तामध्ये एक हौं । यो हाम्रा लागि गर्वको कुरा होइन, तर हामीले युक्रेनलाई सहयोग गर्नुपर्थ्यो’ भनिन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष