NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दोलखाले करार सेवामा माग्यो कर्मचारी

काठमाडाैं । जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दोलखाले आर्थिक वर्ष ०७८/७९ को लागि करार सेवामा कर्मचारी मागेको छ । केन्द्रले आज एक सुचना जारी गर्दै उक्त जिल्लाभित्रको नागरिक आयोग सेवा केन्द्रको लागि कर्मचारी आवश्यक भएको उल्लेख गर्दै कर्मचारी माग गरेको हो ।

केन्द्रले वैद्य पदको लागि एक जना कर्मचारी माग गरिएको हो । उक्त पदको लागि न्युनतम शेैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद स्वास्थ्य कार्यकता उत्र्तीण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ । १८ वर्ष उमेर पुगेका नागरिकले आवेदन दिन सक्नेछन् । केन्द्रका अनुसार इच्छुक उम्मेदवारले सूचना जारी भएको पन्ध्र दिनभित्र कार्यालयले तोकिए अनुरुप दरखास्त दिनुपर्ने छ ।

आवेदन दिँदा नेपाली नागिरकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यता तथा चारित्रिक प्रमाणपत्रका प्रतिलिपि, सम्बन्धित विषयमा तालिम तथा अनुभव प्राप्त भएको सोको प्रतिलिपि पेश गर्नुपर्ने छ ।