NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

चिनियाँ विदेशमन्त्री नेपाल आउनुका प्रमुख ३ कारण

काठमाडौं । यतिबेला चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा छन् । तीनदिने भ्रमणका लागि उनी शुक्रबार काठमाडौं आइपुगेका हुन्

चीनको राज्यपरिषद् सदस्यसमेत रहेका वाङ वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायतसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता भएको थियो । साथै, दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ समझदारीमा हस्ताक्षर गरेका थिए ।

उत्तरी छिमेकी चीनका प्रतिनिधिले नेपाल भ्रमण गर्दा भूकम्पपछिको पुर्ननिर्माण, सीमानाका खुलाउनेलगायत धुप्रै विषय छन् । यद्यपि, नेपालले अमेरिकी परियोजना एमसिसी संसद्बाट पारित गरेपछि चिनियाँ अधिकारीको पहिलो भ्रमण भएको छ । यसर्थ, यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यससँगै विभिन्न तीन प्रमुख कारणले चिनियाँ विदेशमन्त्री नेपाल भ्रमण गरेको विश्लेषण गरिएको छ । ती कारण यस्ता छन् :

१. नेपालले चिनियाँ इच्छाविपरीत अमेरिकी परियोजना एमसिसी संसद्बाट पारित गरिसकेको छ । यसबाट चीन रुष्ट भएको अवूथा छ । चीनले एमसिसीलाई हिन्द–प्रशान्त रणनीति (आइपिएस)को रूपमा बुझेको पाइएको छ ।

फागुन १५ मा एमसिसी पारित गरेपछि पनि नेपाल आइपिएसको हिस्सा नभएकोमा आफू ढुक्क भएको भन्दै घुमाउरो पारामा चेतावनी दिएको थियो । यसर्थ, चिनियाँ विदेशमन्त्री वाङको यो भ्रमण पनि एमसिसी पारितपछि नेपालको अवस्थाबारे बुझ्न भएको मान्न सकिन्छ । एमसिसीपछि नेपालका ठूला नेताको दृष्टिकोण बुझ्ने अभिप्राय चीनको रहेको विश्लेषण गरिएको छ ।

फागुन १५ मा एमसिसी पारित गरेपछि पनि नेपाल आइपिएसको हिस्सा नभएकोमा आफू ढुक्क भएको भन्दै चीनले घुमाउरो पारामा चेतावनी दिएको थियो ।

२. चीनले सन् २०१७ मेमा प्रथम बिआरआई सम्मेलन गरेको थियो । त्यसमा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा नेपालले एक प्रतिनिधिमण्डल पठाएको थियो । पहिलो शिखर मञ्चभन्दा ठीक अगाडिमात्र बिआरआईमा प्रवेश गर्ने सम्झौतामा हस्ताक्षर गरेको हुनाले नेपाल कुनै परियोजना पेस गर्न सफल भएन । त्यसयता दुई वर्षमा पनि नेपालले बिआरआईकै लागि भनेर ठोस परियोजना उल्लेख्य रूपमा अगाडि बढाउन सकेको देखिँदैन ।

यसर्थ, चिनियाँ विदेशमन्त्री वाङ बिआरआईको दबाव सिर्जना गर्न नेपाल भ्रमणमा आएकोसमेत विश्लेषण गरिएको छ । बिआरआई विकाससँग जोडिएको भए पनि चीनको रणनीतिक परियोजना भएको बुझाइ छ ।

३. ०७७ पुस ५ मा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेयता नेपालका ठूला कम्युनिस्ट पार्टीहरू फुटेका छन् । एमाले नै दुई टुक्रा भएको छ ।

कम्युनिस्ट पार्टी फुट्नु भनेको अमेरिका र भारत नेपालमा हाबी हुनु चिनियाँ पक्षको बुझाइ छ । ०७४ मा चीनकै पहलमा वाम एकता भएको कम्युनिस्टइतरले आरोप लगाउँदै आएका छन् ।

नेपालका कम्युनिस्ट पार्टीबीच एकता नभएकै कारण एमसिसी पारित भएको चिनियाँ बुझाइ देखिन्छ । यसर्थ, विदेशमन्त्री वाङ पुनः वाम गठबन्धन गराउने प्रयासस्वरूप नेपाल भ्रमणमा आएको कतिपयको विश्लेषण छ ।

ओलीले चिनियाँ विदेशमन्त्रीलाई मेरियट होटल गएरै भेटे