NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

काठमाडाैं ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोलाको पुलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

आइतबार वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना. ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको हो । घाइतेहरुलाई उपाचारको लागि लालबन्दीको मोडेल र गढिमाई अस्पताल ल्याइएको सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले बता ।

ट्राफिक प्रहरी निरीक्षक दोङका अनुसार मृतकहरुको सनाखत भइसकेको छैन् । घाइतेको उद्धार गरी लालबन्दीका विभिन्न अस्पतालमा ल्याइएको छ ।  दुर्घटनामा बस चालक घाइते भएका छन् । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।