NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

३६ वर्षपछि क्यानडा विश्वकपमा छनोट

काठमाडौं । क्यानडा ३६ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ ।

गएराति विश्वकप छनोटअन्तर्गत भएको खेलमा जमाइकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्यानडा सन् २०२२ मा हुने विश्वप फुटबल प्रतियोगिताका लागि छनोट भएको हो ।

केल लरिनले खेलको १३ औं मिनेटमै गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । त्यसपछि ४४ औं र ८२ औं मिनेटमा क्रमशः टाजोन बुचाननले गोल गरेर अग्रता थप फराकिलो पारे । जमइकाका एड्रियन मारियाप्पाले आत्मघाती गोल गरेपछि क्यानडाले ४–० को अग्रता बनायो ।