NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अभिनेत्री जेसिका र अभिनेता विल स्मिथले जिते ओस्कार

काठमाडौं । फिल्म द आइज अफ ट्यामी फेइकी अभिनेत्री जेसिका चेस्टिनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । यस फिल्ममा प्रसिद्ध अमेरिकन धर्म प्रचारक ट्यामी फेइको वास्तविक जीवनकथालाई प्रस्तुत गरिएको छ ।

त्यस्तै, फिल्म किङ रिचर्डबाट उत्कृष्ट अभिनेताको अवार्ड विल स्मिथले प्राप्त गरेका छन् । फिल्ममा उनले टेनिस स्टार सेरेना र विनस विलियम्सका बुबा किङ रिचर्डको भूमिका निभाएका छन् ।

फिल्म द पावर अफ द डग की निर्देशक जेन क्याम्पियनले उत्कृष्ट निर्देशकको अवार्ड जितेकी छन् । उत्कृष्ट निर्देशकका रुपमा दुई पटक मनोनयमा पर्ने उनी पहिलो महिला निर्देशक बनेकी छन् । फिल्म थमस सेभेजको सन् १९६७ को द पावर अफ डग उपन्यासमा आधारित छ ।

ओस्कार अवार्डः ‘कोडा’ बन्याे सर्वाेत्कृष्ट फिल्म