NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

के देउवाले २०७४ सालमा साँच्चै बालबाल चुनाव जितेका थिए ?

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल कांग्रेसमा आगामी स्थानीय तह, प्रदेश र प्रतिनिनिधिसभाको निर्वाचनमा चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा आरोप प्रत्यारोप चलिरहेको छ । मुख्य गरी संस्थापन पक्ष चुनावी तालमेल गरिए मात्रै एमालेलाई स्थानीय तहदेखि प्रतिनिधिसभासम्मै पराजित गर्न सकिने मतमा छ ।

तर संस्थापनइतर पक्ष भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरिए कांग्रेसको लागि घाटा हुने बताउँदै आएका छन् । यसैबीच वैशाख ३० मा देशभर एकैसाथ हुने स्थानीय तहको चुनावमा तालमेल गर्ने वा नगर्ने विषयमा कांग्रेसको केन्द्रीय समिति बैठकमा गरामगरम बहस भएको छ ।

मुख्य गरी १४ औं महाधिवेशनमा हारेको शेखर कोइराला पक्षले तालमेल विरोधी विषय उठाइरहँदा सभापति शेरबहादुर देउवा भने चुनावी तालमेलले कांग्रेसलाई थप बलियो बनाउने बताएका छन् । उनकाे पक्षमा नेता रामचन्द्र पाैडेल पनि छन् ।

‘मलाई अहिले माओवादीलाई बोकेको भनेको के हो ? हिजो माओवादीलाई बोकेको गिरिजाबाबुले होइन ? हिजो गिरिजाबाबुले माओवादीलाई बोक्दा तपाईंहरू कसैले प्रश्न गर्नुभयो ?’ देउवाले कड्किंदै भने, ‘अहिले मलाई माओवादीलाई बोक्यो नभन्नुस् । हिजो चुनावमा गठबन्धन नगर्दा तपाईंहरू पनि पराजित हुनुभएको होइन ? म आफैं पनि २०७४ सालमा मुस्किलले चुनाव जितेंको हुँ।’

फेरि पनि गठबन्धन नगरिए कांग्रेसका सिनियर नेताको हालत पनि पहिलेकै जस्तो हुने चेतावनी देउवाले दिएका छन् ।

के साँँच्चै देउवाले २०७४ सालमा बालबाल चुनाव जितेका थिए ?

२०७४ सालमा देउवा डडेल्धुरा १ बाट उठेका थिए । देउवा २८ हजार चार सय ४६ मत ल्याएर विजयी भएका थिए । एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर लडेको चुनामा देउवाविरुद्ध माओवादीका खगराज भट्टले २१ हजार चार सय ९८ मत ल्याएका थिए । निर्वाचनमा दुई दल मिल्दा देउवाले ६९४८ मत अन्तरले जितेका हुन् । एमाले र माओवादी मिल्दा पनि देउवाले जितेको यो अन्तर कम भने होइन । तर देउवाले झण्डै सात हजारको यो अन्तरलाई पनि बालबाल भनेका छन् ।

देउवाको क्षेत्रमा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले ८५७, स्वतन्त्रका कर्णसिंह रावलले १४०, राष्ट्रिय जनमोर्चाका लालबहादुर जाग्रीले १०३, नेपाल दलित पार्टीका रमेश टमाटाले ८३ मत ल्याएका थिए ।

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सबै निर्वाचन जित्ने नेतासमेत हुन् ।

कांग्रेसले प्रतिनिधिसभाका १६५ मध्ये जम्मा २३ सिटमा मात्रै चुनाव जितेको थियो । जसमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, डा. रामशरण महत, अर्जुननरसिंह केसी, विश्वप्रकाश शर्मासहितका प्रभावशाली नेता नै पराजित हुन पुगेका थिए ।

प्रधानमन्त्री देउवाको गाउँपालिका र वडामा के छ कांग्रेसको अवस्था ?

शेखरसँग कड्किए देउवा : मलाई कांग्रेसको सिद्धान्त सिकाउने ?