NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

चीनको सबैभन्दा ठूलो सहर सांघाईमा चरणबद्ध लकडाउनको तयारी

काठमाडौं (एजेन्सी) । चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ ।

सोमबारदेखि सुरु हुने कोभिड परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा सुरूमा लकडाउन गरिने स्थानीय प्रशासनले जनाएको छ ।

त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रब्यापी प्रकोपको प्रमुख केन्द्र बनेको छ ।

चीनमा आइतबार एकै दिन कोभिडका चार हजार ५०० संक्रमित देखिएको यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा एक हजार कम हो ।

संक्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनका कारण दशौँ हजार चिनियाँ प्रभावित भएका छन् ।