NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

क्रिस रकलाई थप्पड हानेका अभिनेताले मागे माफी

काठमाडौं । हलिउड अभिनेता विल स्मिथले ओस्कार स्टेजमा हास्यकलाकार क्रिस रकलाई थप्पड हानेपछि आफ्नो व्यवहार ‘अस्वीकार्य र अक्षम्य’ भएको भन्दै माफी मागेका छन् ।

इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘म तपाईसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु क्रिस । मैले सीमा पार गरें, म गलत थिएँ ।’

ओस्कार फिल्म एकेडेमीले यस्तो व्यवहारको निन्दा गर्दै यस विषयमा औपचारिक समीक्षा गर्ने घोषणा गरेपछि विल स्मिथको माफीको कुरा बाहिर आएको हो ।

अवार्डकाे कार्यक्रम भइरहँदा क्रिसले रकले सन् १९९७ मा फिल्म जिआई जेनलाई उल्लेख गरेका थिए । त्यसमा बजकट (छोटो कपाल) शैलीमा डेमी मुरले गरेको अभिनयलाई स्मिथकी श्रीमतीसँग जोडेका थिए । स्मिथकी श्रीमतीको कपाल एलोपेसियाले गर्दा झरेको थियो । रकले भनेका थिए, ‘म तिमीलाई ‘जिआई जेन २’ मा छिट्टै हेर्न चाहन्छु ।’

क्रिस रकले कार्यक्रममा विल स्मिथकी पत्नी जेडा पिन्केटको मजाक उडाएको भन्दै उनले मञ्चमा गएर थप्पड हानेका थिए ।

ओस्कार अवार्डः अभिनेताले मञ्चमै कार्यक्रम उद्घोषकलाई थप्पड हाने