NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भारतमा एक हप्तामा ७ पटक बढ्यो पेट्रोलको मूल्य

नयाँ दिल्ली । भारतमा मंगलबार पेट्रोलको मूल्यमा प्रतिलिटर ८० पैसा र डिजेलको मूल्य ७० पैसा बढेको छ । एक हप्तामा सातौंपटक पेट्रोल र डिजेलको मूल्य बढेर अहिलेसम्म ४.८० रुपैयाँ वृद्धि भएको छ ।

मूल्य बढेपछि दिल्लीमा पेट्रोलको मूल्य अहिले ९९.४१ रुपैयाँबाट बढेर १००.२१ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य ९०.७७ रुपैयाँ प्रतिलिटरबाट बढेर ९१.४७ रुपैयाँ पुगेको छ । मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा र ७५ पैसाले बढेको छ ।

अब त्यहाँ पेट्रोलमा प्रतिलिटर ११५.०४ र डिजेलमा प्रतिलिटर ९९.२५ तिर्नुपर्नेछ ।

प्रत्येक राज्यमा पेट्रोल र डिजेलको मूल्यमा थोरै भिन्नता छ किनभने तिनीहरूको मूल्य विभिन्न राज्य र केन्द्र सरकारको करको आधारमा निर्धारण गरिन्छ । यी करहरू राज्य अनुसार भिन्न हुन्छन् ।

 

भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो