NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

आइपिएलमा दाइले आफ्नै भाइको विकेट लिएपछि …

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा खेलमा गुजरातले लखनउ सुपर जायन्टस्लाई २ बल बाँकी छँदै ५ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको लखनउले १५९ रनको टार्गेट दिएको थियो । अन्तिम ओभरको चौथो बलमा गुजरातले १६१ रन बनाउँदै जित पहिलो जित दर्ता गर्यो । यी दुवै टिम आइपिएलमा यसपटक नयाँ टोली हुन् ।

गुजरातलाई जिताउन राहुल टेबाटियाले ४०, हार्दिक पाण्ड्याले ३३, डेभिड मिलरले ३० र म्याथ्यु वाडेले ३० रनकै योगदान दिए ।
गुजरातलाई औस लक्ष्य दिने क्रममा लखनउका लागि दीपक हुडाले ५५, आयुश बोदोनीले ५४ रनको योगदान दिए ।

दाजुभाइको भिडन्त

हार्दिक पाण्ड्या र क्रुनाल पाण्डे दाजुभाइ हुन् । भारतीय राष्ट्रिय टिमबाट खेल्ने यी दाजुभाइ सोमबार भएको आइपिएल खेलमा दुई अलगअलग टिममा थिए । क्रुनाल पाण्डे दाजु हुन् । हार्दिक भाइ हुन् ।

सोमबार दाइ क्रुनाल लखनउबाट खेलेका थिए । लखनउबाट बलिङ गर्ने क्रममा क्रुनालले भाइ हार्दिक पाण्डेको विकेट लिएका थिए । १०.१ ओभरमा क्रुनालले हार्दिकलाई मनिष पाण्डेमार्फत क्याचआउट गराएका हुन् । आउट हुनु अघि गुराजतका कप्तानसमेत रहेका हार्दिकले २८ बलमा ३३ रन बनाएका थिए ।

भाइको विकेट लिएपछि क्रुनालले खुशीयाली भने मनाएनन् । मुख छोपेर हाँसिरहेका उनलाई सहकर्मीहरूले घेरा हाल्दै विकेटको रमाइलो सेलिब्रेसन गरेका थिए । क्रुनालले विकेट लिए पनि भाइ पाण्डेको टिमले म्याच जितेको थियो । क्रुनालले पनि १३ बलमा लखनउका लागि नटआउट २१ रन बनाएका थिए ।

आइपिएलमा सनरैजर्स हैदरावाद र राजस्थान रोयलबीच प्रतिस्पर्धा हुँदैछ ।

ताजा अपडेट

नेपालवाच विशेष