NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

वयस्क अटिजमः देखिन सक्छन् यस्ता समस्या

काठमाडौं । अटिजम एक प्रकारको जेनेटिक डिसअर्डर हो । यसले लाखौं मानिसलाई प्रभावित गरेको छ । यस अवस्थामा मानिसको शारीरिक विकास सुस्त हुन्छ । धेरैले अटिजम बालबालिकालाई मात्र हुन्छ भन्ने सोच्छन् तर यस्तो हुँदैन । अटिजमले वयस्क व्यक्तिलाई पनि असर पार्न सक्छ ।

अटिजममा व्यवहार एवं सञ्चारसम्बन्धी समस्या हुन्छन् । वयस्क व्यक्तिमा अटिजम हुँदा कुरा गर्न समस्या हुनु, राम्रोसँग कम्युनिकेसन गर्न नसक्नु, शरीर हलचल गर्न समस्या, आवाज नियन्त्रित नहुनु, असामान्य व्यवहार, अरुको सहयोग नमाग्नु, एउटै व्यवहार पटकपटक दोहोर्याउनुजस्ता समस्या देखिन्छन् ।

अटिजमको समस्या हुने हरेक मानिसलाई ​​एउटै लक्षण देखिँदैन । अटिजमको लक्षण व्यक्तिको जीवनशैलीअनुसार फरक फरक हुने गर्छ ।

अटिजमका बिरामीहरू आफ्नो दैनिक जीवनमा आइपर्ने समस्याहरूका कारण दिक्क हुने तथा छिटो रिसाउने हुन्छन् । सामान्य मानिसले जस्तै काम गर्ने प्रयास गरे पनि सफल हुँदैनन् ।

अटिस्टिक वैयस्कहरुमा पढ्न समस्या, सामान्य छलफलमा सहभागी हुन समस्या, शारीरिक हाउभाउ बुझ्न नसक्ने, रोबोटजस्तै एकैकिसिमको कुरा गर्ने, एउटै ढाँचामा रोबोर्टजस्तो कुरा गर्ने, छिट्टै दुखी हुने, आफ्नो भावना नियन्त्रणमा राख्न नसक्ने, शान्त स्थानमा अनौठो आवाज निकालेर चिच्याउने, साथी बनाउन नसक्ने जस्ता समस्या हुन्छन् ।

ताजा अपडेट

नेपालवाच विशेष