NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

तारेखमा छाड्न माग गर्दै पल शाह गए उच्च अदालत

काठमाडौं । आफूलाई तारेखमा छाड्न माग गर्दै अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।

एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेका हुन् ।

निवेदनमा शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गर्दै रिट दर्ता गराएको अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

जिल्ला अदालतले शाहलाई१० चैतमा तनहुँ पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनका व्यवस्थापक कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गरेको थियो ।