NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच कोलम्बोमा भेटवार्ता

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको कोलम्बोमा मंगलबार भेटवार्ता भएको छ ।

कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाललको खाडीको प्रयास (विमिस्टेक) सम्मेलनमा सहभागी हुने क्रममा खड्का र जयशंकरबीच भेटवार्ता भएको हो ।

विमिस्टेक सम्मेलन मंगलबारदेखि कोलम्बोमा सुरु भएको छ । यी दुईमन्त्री बीच प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी बारे छलफल भएको बताइएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्न प्रधानमन्त्री देउवा चैत १८ मा भारत जाँदै छन् ।

यसबाहेक, उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा, मलखाद तथा स्वास्थ्य लगायतका विषयमा छलफल भएको छ साथै रामायण परिपथलाई अघि बढाउने विषयमा पनि दुवै मन्त्रीबीच सहमति भएको बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष