NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

वार्तामा सहभागीलाई ‘केही पनि नखान’ युक्रेनका विदेशमन्त्रीको आग्रह

इस्तानाबुल । टर्कीको इस्तानाबुल सहरमा रुस र युक्रेनका प्रतिनिधिबीच हुने शान्तिवार्तामा ‘केही पनि खान तथा सेवन नगर्न’ युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सुझाव दिएका छन् । साथै उनले वार्तास्थलको कुनै पनि सतहमा नछुन पनि भनेका छन् । युक्रेनको समाचार च्यानल युक्रेनिया२४ मा अन्तर्वार्ताका क्रममा उनले सो कुरा बताएका हुन् ।

युक्रेन र बेलारुस सीमामा शान्ति वार्तामा यस महिनाको सुरुमा रुसी अर्बपति रोमन अब्रामोविच र युक्रेनी वार्ताकारहरुलाई विष खुवाएको शंकापछि कुलेबाले वार्ताको टेबलमा बस्नेलाई केही पनि नखान तथा नछुन आग्रह गरेका हुन् ।

एक अज्ञात अमेरिकी अधिकारीलाई रोयटर्सले उद्धृत गर्दै लेखेको छ, ‘उनीहरुमा विषका कारणले नभएर वातावरणीय प्रदुषणका कारण समस्या देखिएको हो ।’

मार्चको सुरुमा युक्रेन-बेलारुसको सीमामा भएको शान्ति वार्तामा रोमनलगायतमाथि विषाक्त आक्रमण भएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । त्यो बैठकमा सहभागितापछि रोमनको आँखा सुन्निनुका साथै छालाको रंग पहेँलो भएको थियो । तथापि, उनको अवस्था अहिले सुधारोन्मुख रहेको बताइएको छ ।

रुस-युक्रेन शान्ति वार्ता: के-के छन् मुख्य एजेण्डा?

रुस-युक्रेन शान्ति वार्ता: के-के छन् मुख्य एजेण्डा?