NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपालको ओडिआई वरीयता खस्कियो, के छ टि–२० को अवस्था ?

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय (ओडिआई) वरीयतामा नेपालको स्थान खस्किएको छ । आइसिसीले आज जारी गरेको वरीयतामा नेपालको वरीयता दुई स्थान तल झरेको हो ।

जसअनुसार यसअघि १६ औं स्थानमा रहेको नेपालले वरीयता झरेर १८ औं स्थानमा पुगेको छ ।

नेपालले हालै घरेलु मैदानमा पपुवा न्युगिनी (पिएनजी) विरुद्धको ओडिआई सिरिज २–० ले गुमाएपछि वरीयतामा असर परेको हो ।

सोमबार मात्रै पिएनजीलाई हराएको नेपालको टि–२० आई वरीयतामा नेपाल यथावत रहेको छ । अहिले नेपाल टि–२० मा १३ औं स्थानमा रहेको छ ।