NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गत चुनावमा बेलकोटगढीमा बाल-बाल जितेको एमालेलाई कांग्रेस र माओवादी मिले योपल्ट कठिन

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । चुनावी तयारीका लागि राजनीतिक दलहरू जनताका घरदैलो केन्द्रित कार्यक्रम गर्न गाउँघर पसेका छन् । काठमाडौंबाट ४० किलोमिटर उत्तर–पश्चिममा रहेको यस नगरपालिका ऐतिहासिक पृष्ठभूमिले चर्चित रहेको छ । ०७४ को चुनावमा यस नगरपालिकामा प्रमुखमा एमालेका उमेदवार राजुरमण खनालले जितेका थिए । उपप्रमुख माओवादी केन्द्रकी उम्मेदवार कविता ढुंगानाले जितेकी थिइन् । १३ वटा वडा रहेको यस नगरपालिकामा ३,४ र ७ बाहेक सबै वडा एमालेले जितेको थियो ।

एमालेबाट निर्वाचित मेयर खनाल साविक मदानपुर–३ का स्थायी बासिन्दा हुन् । १ देखि ११ नम्बर वडाको मत गणनामा माओवादी केन्द्रका उम्मेदवार भन्दा थोरै मतले पछाडि परेका खनाललाई आफ्नै वडाको मतले जित निकाल्न सहज भएको थियो । खनालले आफ्नो १२ वडाबाटै अग्रता लिँदै जितेका हुन् । १२ नम्बर वडाको अध्यक्ष एमालेका डिल्लीराम सिलवालले ६६९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद सेढाईंले २४७ मतमात्रै ल्याएका थिए । माओवादीका बच्चुराम गजुरेलले २१४ मत ल्याए ।

०७४ को निर्वाचनमा खनालले ६ हजार ६४३ मतले विजयी हुँदा गुरुङले ६ हजार ३५१ मत ल्याएका थिए । उनी २९२ झिनो मतले विजयी भएका थिए । कांग्रेसका उम्मेदवार यादव नेपालले ४९४२ मत ल्याएर तेस्रो भएका थिए । अन्यले ७०९ मत पाएका थिए । अघिल्लो पटकको मतको लेखाजोखा अनुसार कांग्रेस र माओवादी मिलेर अबको चुनाव लडे एमालेले सहजै पराजय भोग्ने देखिन्छ ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी कविता ढुंगाना ६ हजार ६५१ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्धी एमालेका रुपा सापकोटाले ६४६० मत ल्याएकी थिइन् । कांग्रेसका उम्मेदवार हिराकुमारी तिवारीले ४७५२ मत पाएकी थिइन् । अन्यले ३९६ मत पाएका छन् ।

कविता शहीद परिवारकी सदस्यसमेत हुन् । उनका बुवा भरत ढुंगाना नुवाकोटका चर्चित र लोकप्रिय नेता रहेका थिए । उनका बुवा माओवादी युद्धमा सेनाले गिरफ्तार गरी धादिङमा हत्या गरेको थियो । बुवाको हत्यापछि कविता विद्यार्थी राजनीति हुँदै राजनीतिमा सक्रिय रहेकी छिन् ।

वडामा एमालेको वर्चश्व

यस नगरपालिकामा १३ वडामध्ये १० वडा एमालेले जितेको थियो । वडा १ मा एमालेका सुब्बा तामाङले ३८६ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्धी माओवादीका कृष्णप्रसाद ढुंगानाले २७० मत पाएका थिए । कांग्रेसका अर्जुन तामाङले १३८ मत पाएका थिए । अन्य मत जम्मा ५९ रहेको छ ।

यस्तै वडा २ मा एमालेका रमेशप्रसाद न्यौपानेले ५९७ मत ल्याएर वियजी भएका थिए । दोस्रोमा कांग्रेसका विष्णुमणि न्यौपानेले ५१७ मत पाएका थिए भने माओवादीका खेमनाथ न्यौपानेले ३५१ मत पाएका थिए । अन्यले जम्मा १५ मत पाएका थिए ।

यसैगरी वडा ३ मा माओवादी केन्द्रका उम्मेदवार जनककुमार घिमिरेले ९६६ मत ल्याएर विजयी भएका थिए । उनको प्रतिद्वन्दी कांग्रेसका लेखनाथ मुडभरीले ५१० मत पाएका थिए । एमालेका ध्रुवकुमार मुडभरीले ३१७ र अन्यले जम्मा १३ मत पाएका थिए ।

त्यस्तै ४ नम्बर वडामा माओवादीका चन्द्रबहादुर लामाले ६३९ मतले जितेका थिए । कांग्रेसका ठूलोकान्छा लामाले ४३८ मत पाएर दोस्रो भएका थिए । एमालेका शालिकराम पौडेलले २४४ मत पाएका थिए । अन्यले जम्म ५ मत पाएका थिए ।

वडा ५ मा एमालेका अनन्तराम नेपालले ८०७ मतले विजयी भएका थिए । कांग्रेसका अर्जुनकुमार नेपालले ४९१, माओवादीका सुनम श्रेष्ठले २८७ र अन्यले जम्मा २१ मत पाएका थिए ।

त्यस्तै वडा ६ मा एमालेका अम्बिका तामाङले ५०६ मत ल्याएर जितेकी थिइन् । कांग्रेसका झिल्के तामाङले ४७१ मत पाएर दोस्रो भएका थिए । माओवादीका कमलराज सुवेदीले ३३९ मत पाउँदा अन्यले जम्मा ६ मत पाएका थिए ।

एमालेका लागि विगतको विरासत जोगाइ थप सिट संख्या जोड्न चुनौती रहेको छ । एकातिर गठबन्धन कायमै रहेको र अर्कोतर्फ पार्टी विभाजन रहेकाले एमालेका लागि आगामी चुनाव कठिन हुने देखिएको छ

यसैगरी ७ मा कांग्रेसका उम्मेदवार हेमनिधि नेपालले ६२१ मतका साथ विजयको खाता खेलेका थिए । यस नगरपालिकामा कांग्रेसको तर्फबाट खाता खोल्ने उनी एक्ला उम्मेदवार हुन् । उनका प्रतिद्वन्द्धी शम्भुप्रसाद सिग्देलले ५१७ मत लाएका थिए । एमालेका गेहेन्द्रबहादुर न्यौपानेले ४९७ मत पाएका थिए । अन्यले जम्मा २४३ मत पाएका थिए ।

त्यस्तै वडा ८ मा एमालेका भोजप्रसाद पुडासैनीले ७२८ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका दुर्गबहादुर पुडासैनीले ५०४ र एमालेका ध्रुवप्रसाद पुडासैनीले ३८९ पाएका थिए । अन्यले जम्मा २४ मत पाएका थिए ।

त्यस्तै वडा ९ मा एमालेका बाबुराम गजुरेलले ४८९ मत पाएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्धी रामचन्द्र लामा ३९६ र माओवादीका देवराज भट्टले ३३४ पाएका थिए । अन्यले जम्मा ३८ मत पाएका थिए ।

वडा नम्बर १० मा एमालेका भूमिबहादुर त्रिपाठीले ५३४ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्धी कांग्रेसका गोविन्दप्रसाद जमकट्टेलले ३१६ मतका साथ दोस्रो भएका थिए । तेस्रोमा माओवादीका माधवप्रसाद पाण्डेले २९६ मत पाएका थिए । अन्यले जम्मा १७६ मत पाएका थिए ।

यसैगरी ११ मा एमालेका रामहरि पाण्डेले ५७४ मत ल्याइ जितेका थिए । उनका प्रतिदवन्द्धी माओवादीका प्रेमबहादुर तामाङले ५२७ मत पाएका थिए । कांग्रेसका प्रकाशजंग पाण्डेले ३७९ मत पाएका थिए । अन्यले जम्मा २२ मत पाएका थिए ।

यसैगरी १२ नम्बर वडामा एमालेका डिल्लीराम सिलवालले ६६९ मत ल्यायी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्धी कांग्रेसका कृष्णप्रसाद सेढाईंले २४७ मत पाएका थिए । माओवादी बच्चुराम गजुरेलले २१४ मत ल्याइ तेस्रो भएका थिए । अन्यले जम्मा ३८ मत पाएका थिए ।

यसैगरी वडा १३ मा एमाले र माओवादीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार पशुपति लोहनीले ६३९ मतले विजयी हुँदा माओवादीका धनबहादुर लामाले ६३८ मत पाएका थिए । दुई उम्मेदवारबीचको मतान्तर जम्मा १ मतको फरक रहेको छ । यस वडामा पुनः मत गणना भएको थियो । कांग्रेसका रमेश पाण्डेले १६२ मत पाएका थिए । अन्यको भोट जम्मा १६२ रहेको छ ।

यी सबै वडामा एमाले एक्लै, कांग्रेस, माओवादी, नेकपा समाजवादी मिलेर चुनाव लड्ने हो भने सबै वडामा जित्न पनि कठिन हुने देखिएको छ ।

अबको स्थिति

पाँच वर्षमा नयाँ मतदाताको संख्यासमेत थपिएको छ । यसअघि निर्वाचित जनप्रतिनिधिले गरेका काम, जनतासँगको प्रतिबद्धता, उम्मेदवारको छनोट र आगामी योजनाले समेत मतदाता प्रभावित हुने गर्दछन् । यस नगरपालिकामा एमालेका लागि विगतको विरासत जोगाइ थप सिट संख्या जोड्न चुनौती रहेको छ । एकातिर गठबन्धन कायमै रहेको र अर्कोतर्फ पार्टी विभाजन रहेकाले एमालेका लागि आगामी चुनाव कठिन हुने देखिएको छ ।

गठबन्धनका लागि एमालेले जितेको स्थानमा भागबण्डा गरी जित्नुपर्ने बाध्यता छ । गत चुनावको तथ्याङक हेर्दा गठबन्धनले चुनावी तालमेल गरे एमालेलाई ठूलो धक्का लाग्ने देखिन्छ । प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र कांग्रेसका उम्मेदवारले पाएको मत निक्कै राम्रो छ । यदि चुनावी तालमेल भएमा गठबन्धनको मतान्तरण अत्याधिक देखिन्छ । तालमेल नभएर एक्ला–एक्लै चुनावी मैदानमा उत्रिए एमाले अधिकांश स्थानमा जित्ने सम्भावना बढी छ ।