NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

पोल्याण्ड भर्सेस स्विडेन : लेवान्डोस्की र इब्राहिमोभिचमध्ये एकले विश्वकप नखेल्ने निश्चित

काठमाडौं । आज मध्यराति पोल्याण्ड र स्विडेनबीच फिफा विश्वकप छनोटको निर्णायक खेल हुँदैछ । युरोपियन क्षेत्रको प्ले अफको फाइनलमा यी दुई टोली भिड्दैछन् ।

यो खेल खाली पोल्याण्ड र स्विडेनबीचको प्रतिस्पर्धामा सीमित हुने छैन । किनकि, यो खेलले विश्वकै दुई महान खेलाडी बीचको प्रतिष्ठाको लडाइ पनि हो ।

यो खेलको नतिजाले पोल्याण्डका कप्तान रोबर्ट लेवान्डोस्की र स्विडेनका पूर्वकप्तान जाल्टान इब्राहिमोभिचलाई विश्वकप खेल्न बन्चित गराउने छ ।

यसर्थ, आजको खेल जसले जिते पनि एक महान खेलाडीले विश्वकप खेल्न नपाउने भने निश्चित छ ।

खेल पोल्याण्डमा हुँदैछ । यसर्थ, पोल्याण्डलाई घरेलु मैदानको फाइदा छ ।

यस्तै सेमिफाइनलमा चेक रिपब्लिकलाई हराएकोले स्विडेन पनि उच्च मनोबलका साथ मैदानमा उत्रँदै छ । स्विडेन कुनै एक खेलाडीको भरमा छैन ।

यता, पोल्याण्ड भने आफ्ना स्टार खेलाडी लेवान्डोस्कीकै बढी भरमा हुनेछ ।

रुसलाई फिफाले कारवाही गरेपछि पोल्याण्डले भने बाई पाएर फाइनलमा प्रवेश गरेको हो ।

खेल नेपाली समयअनुसार आज राति १२ः३० मा हुनेछ ।

खेल जीवनकै दुःखद क्षण आउन नदिने यत्नमा रोनाल्डो