NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पोर्चुगल र पोल्याण्ड विश्वकप फुटबल २०२२ का लागि छनोट

काठमाडौं । पोर्चुगल र पोल्याण्ड विश्वकप फुटबल २०२२ का लागि छनोट भएका छन् ।

गएराति भएको प्लेअफको खेलमा नर्थ म्यासेडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल विश्वकपमा छनोट भएको हो । पोर्चुगलका लागि दुवै गोल ब्रुनो फर्नान्डेसले गरे। उनले ३२ औं र ६५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाएका हुन् ।

स्विडेनलाई हराउँदै पोल्याण्ड विश्वकपमा छनोट

त्यसैगरी, गएराति नै भएको अर्को खेलमा पोल्याण्डले स्विडेनलाई हराउँदै आगामी विश्वकप यात्रा तय गरेको छ । पोल्याण्डका लागि कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले १-१ गोल गरे भने स्विडेनले कुनै गोल गर्न सकेन ।

पोल्याण्ड भर्सेस स्विडेन : लेवान्डोस्की र इब्राहिमोभिचमध्ये एकले विश्वकप नखेल्ने निश्चित