NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

त्रिदेशीय सिरिजमा मलेसियासँग भिड्दै नेपाल

काठमाडौं । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० सिरिजमा नेपाल आज मलेसियासँग भिड्दैछ । आ–आफ्ना पहिलो खेलमा दुवै टिमले पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेपछि नेपाल र मलेसिया भिड्न लागेका हुन् ।

नेपालले पिएनजीलाई १५ र मलेसियाले ८ रनले पराजित गरेका थिए । आज जित्ने टिमको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । तीन देश प्रत्येकले प्रत्येकसँग दुई दुई खेल खेल्नेछन् । तीनमध्ये अंक तालिकामा शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् ।

नेपाल र मलेसियाबीचका पछिल्ला ५ खेलमा चारमा नेपाल विजयी भएको छ । एउटा खेल मलेसियाले जितेको छ । पछिल्ल्लो टी–२० अन्तर्गत अघिल्लो वर्ष कीर्तिपुरमा मलेसियालाई २१८ रनको लक्ष्य दिंदै ६९ रनले पराजित गरेको थियो ।

नेपालले नेदरल्याण्डस्लाई २३८ रनको लक्ष्य दिंदै १४२ रनले पराजित गर्दै सिरिज जितेको थियो ।

नेपाल र मलेसियाबीचको खेल साढे १२ बजे सुरु हुनेछ ।