NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विल स्मिथकी पत्नी जेडालाई भएको एलोपेसिया के हो ?

काठमाडौं । उत्कृष्ट अभिनेताको ओस्कार पुरस्कार विजेता विल स्मिथकी पत्नी जेडा पिन्केटको स्वास्थ्य समस्या दुई दिनदेखि लगातार चर्चामा छ । यसकाे कारण, ९४ औं ओस्कार अवार्ड समारोहका क्रममा हास्य कलाकार क्रिस रकले विलकी श्रीमतीको कपाललाई व्यंग्य गरेका थिए ।

श्रीमतीको शारीरिक स्थितिलाई लिएर व्यंग्य गरेपछि विलले मञ्चमै क्रिसलाई थप्पड हानेका थिए । विलले क्रिसलाई थप्पड हानेपछि जेडा पनि चर्चामा आइन् ।

थप्पड हानेका ओस्कार विजेता विलले पछि सार्वजनिक रुपमा क्रिससँग माफी मागे ।

क्रिसले रकले सन् १९९७ मा फिल्म जिआई जेनलाई उल्लेख गरेका थिए । त्यसमा बजकट (छोटो कपाल) शैलीमा अभिनेत्री डेमी मुरले गरेको अभिनयलाई स्मिथकी श्रीमतीसँग जोडेका थिए । स्मिथकी श्रीमतीको कपाल एलोपेसियाले गर्दा झरेको थियो । रकले भनेका थिए, ‘म तिमीलाई ‘जिआई जेन २’ मा छिट्टै हेर्न चाहन्छु ।’

द म्याट्रिक्स फ्रेन्चाइजी र गोथमजस्ता चर्चित फिल्ममा अभिनय गरी अमेरिकी अभिनेत्री जेडाले अन्तर्वार्ताहरुमा आफ्नो कपाल झरेको बारेमा कुरा गरेकी थिइन र उनले कपाल झर्ने समस्या बढेपछि मुन्डन गरेको बताएकी थिइन् ।

जेडाले आफ्नो फेसबुक वाच सिरिज, रेड टेबल टकका सन् २०१८ का भागहरुमा आफूलाई एलोपेसिया भएको बताएकी थिइन् । उनले सन् २०२१ को डिसेम्बरमा आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो पोस्ट गर्दैै आफू एलोपेसियासँग जुधिरहेको बताएकी थिइन् ।

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार एलोपेसिया कपाल झर्ने रोग हो । कहिलेकाँही यसले नङलाई पनि असर गर्छ । प्रायः एलोपेसियाको अवस्थामा धेरै कपाल एकैसाथ झर्छ । यो जुनसुकै उमेर समूहलाई पनि हुन सक्छ । महिला र पुरुषलाई फरक फरक तरिकाले एलोपेसिया हुन सक्छ ।

एलोपेसिया आनुवंशिक एवं पोषणको कमीका कारण पनि हुन सक्छ । कतिपय अवस्थामा प्रतिरक्षा प्रणालीले शरीरविरुद्ध नै काम गर्न थाल्छ । कुनै पनि प्रकारको संक्रमणसँग लड्नुको साटो शरीरको रोग प्रतिरोधी क्षमताले कपालको जरामा आक्रमण गर्न थाल्छ ।

एलोपेसियाका विभिन्न प्रकार र स्टेजका हुन्छन् । यसको एकप्रकार एलोपेसिया टोटलिसमा आँखीभौंहरू पनि जान्छ । अर्काे एलोपेसिया युनिभर्सलिसमा शरीरका सबै रौं झर्छन् । यसबाहेक एरियटामा हल्का मात्रामा कपाल झर्छ ।

अभिनेता विल र पत्नी जेडा 

नन-स्करिङ एलोपेसिया महिलालाई हुन्छ । आनुवंशिक कारणले सुरु हुने यो एलोपेसियामा सिउँदोबाट कपाल झर्छ । पुरुषमा एन्ड्रोजेनेटिक एलोपेसिया हुन्छ ।

एलोपेसियालाई नियन्त्रण गर्न पौष्टिक आहारमा ध्यान दिनुपर्छ साथै स्वस्थ जीवनशैली र तनावरहित मानसिक स्थितिमा रहनुपर्छ ।

ओस्कार अवार्डः अभिनेताले मञ्चमै कार्यक्रम उद्घोषकलाई थप्पड हाने

क्रिस रकलाई थप्पड हानेका अभिनेताले मागे माफी