NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

चार जिल्लाका प्रजिअ फेरिए

काठमाडौं । सरकारले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन गरेको छ । गृह मन्त्रालयले अर्घाखाँची, प्यूठान, बर्दिया र कपिलवस्तुका यसअघिका प्रजिअलाई तानेर नयाँलाई पठाएको हो ।

स्रोतका अनुसार, अर्घाखाँचीका प्रजिअ हरिप्रसाद घिमिरेको स्थानमा शशिधर घिमिरेलाई पठाइएको छ । हरिप्रसादको सरुवा भने राष्ट्रिय विपद प्राधिकरणमा गरिएको छ ।

त्यसैगरी प्यूठानमा सुनीता नेपालललाई पठाएर त्यहाँ कार्यरत खिमराज भुसाललाई गृह मन्त्रालय तानिएको छ । बर्दियामा बन्धुप्रसाद बास्तोला र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई पठाउने निर्णय गरिएको छ । कपिलवस्तुका प्रजिअ चक्रपाणि पाण्डेलाई पनि गृहमा सरुवा गरिएको स्रोतले जनाएको छ ।