NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते
०७४ को चुनावी परिणाम

बाबुराम भट्टराई आफ्नै नगरपालिकामा असुरक्षित

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही साताअघि प्रधानमन्त्री, मन्त्री भइसकेका व्यक्तिले स्थानीय तहको नेतृत्व गर्न तयार हुनुपर्ने अभिव्यक्ति दिए । प्रधानमन्त्री भइसकेका व्यक्तिको यस्तो अभिव्यक्तिले चौतर्फी सकारात्मक चर्चा, परिचर्चा पायो ।

भट्टटराईको मतदाता नामावली गोरखाको पालुङटार नगरपालिकामा छ । स्थानीय तह निर्वाचनमा जहाँ मतदाता छ, त्यही मात्र उम्मेदवार हुन पाउने प्रावधानका कारण भट्टराइले चाहेमा उनी पालुङटारमा मात्र उम्मेदवार बन्न सक्छन् । भलै भट्टराईको अभिव्यक्तिले उनी पालुङटारको नभएर काठमाडौंको मेयरमा उम्मेदवार बन्न इच्छुक रहेको देखाउँछ ।

अघिल्लो निर्वाचनको परिणाम केलाउँदा बाबुरामको गृहनगर पालुङटारमा उनको दलको अवस्था  केही सुदृढ जरूर देखिन्छ । तथापि, उनकाे पक्षकाे जनमतले परिणाम नै उलटफेर पार्ने ल्याकत भने राख्दैन । किनभने, अघिल्लो स्थानीय तहको निर्वाचनमा केही वडामा उनको दलले जित हासिल गरे पनि मेयरमा तेस्रो स्थानमा सीमित भएको थियो ।

२०७४ संघीय चुनावमा कांग्रेससँग सहकार्य गरेका भट्टराईले अहिले पनि कांग्रेसको साथ खोजेका छन् । दुई नगरपालिकासहित ९ गाउँपालिका रहेको गोरखामा भट्टराईको घर पालुङटार नगरपालिका वडा नम्बर १ मा पर्छ । जहाँ गत स्थानीय तह निर्वाचनमा उनी नेतृत्वको तत्कालीन नयाँ शक्ति तेस्रो स्थानमा खुम्चिएको थियो ।

अघिल्लो निर्वाचनको परिणाम केलाउँदा बाबुरामको गृहनगर पालुङटारमा उनको दलको अवस्था  केही सुदृढ जरूर देखिन्छ । तथापि, उनकाे पक्षकाे जनमतले परिणाम नै उलटफेर पार्ने ल्याकत भने राख्दैन । किनभने, अघिल्लो स्थानीय तहको निर्वाचनमा केही वडामा उनको दलले जित हासिल गरे पनि मेयरमा तेस्रो स्थानमा सीमित भएको थियो

यहाँ कांग्रेसका दीपकबाबु कँडेलले विजयी भएका थिए । कँडेलले ४ हजार ६९८ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्दी माओवादीका विवश चिन्तनले ४ हजार ४९१ मत पाएका थिए । भट्राई नेतृत्वको नयाँ शक्तिले ३ हजार ९७६ मत ल्याई तेस्रोमा खुम्चिएका थिए । प्रतिपक्षी एमालेका जुद्धविलास भण्डारीले २ हजार ४१० मत पाएका थिए ।

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रका नेता पम्फा बसेलले ४ हजार ४९४ मत ल्याई विजयी भएका थिए । उनको प्रतिद्वन्द्वीमा कांग्रेसका चेतनकुमारी श्रेष्ठले ४ हजार १९६ मत पाएका थिए । नयाँ शक्तिका देवीमाया गिरीले ३ हजार ९०४ मत पाएका थिए । एमालेका सिर्जना रेग्मीले २ हजार ७२० मत ल्याए चौंथो भएकी थिइन् ।

त्यसैगरी, १० वडा रहेको यस नगरपालिकामा भट्टराईको घर रहेको वडा नं. १ मा नयाँ शक्तिका कृष्णबहादुर परियारले ६८५ मतले जितेका छन् । दोस्रोमा माओवादी केन्द्रका ग्यामलाल श्रेष्ठले २९३ मत पाएका छन् । कांग्रेसका उम्मेदवार श्यामबहादुर कडरियाले २६३ मत पाएका छन् । एमालेका भोलाकुमार श्रेष्ठले १४५ मत पाएका छन् ।

त्यस्तै, वडा २ मा माओवादीका लोकनाथ वाग्लेले ६६७ मतले विजयी भएका छन् । दोस्रोमा नयाँ शक्तिका कृष्णप्रसाद मरहठ्ठाले ६३९ मत पाएका छन् । कांग्रेसका बासुकाजी कार्कीले ३९० र टीकाराम पोखरेलले ६७ मत पाएका छन् ।

त्यसैगरी, वडा ३ मा कांग्रेस रेशमबहादुर अधिकारी ४५५ ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नयाँ शक्तिका देवेन्द्र गिरीले ३९० मत पाएका थिए । मओवादीका महमद करिम मियाँले ३६८ मत पाएका थिए । एमालेका भागिरथ गिरीले २३२ मत पाएका थिए ।

त्यस्तै, ४ मा नयाँ शक्तिका ठाकुरकान्त रानाभाटले ८१३ मत ल्याई जितेका थिए । माओवादीका दुर्योधन अधिकारीले ४२० मत पाएका थिए । कांग्रेसका केदारनाथ देवकोटाले ३७३ मत पाएका थिए भने एमालेका कमलबहादुर बोगटीले २२१ मत पाएका थिए ।

त्यसैगरी वडा ५ मा नयाँ शक्तिका दीपक पाण्डेले ७४२ मत ल्याई विजयी भएका छन् । कांग्रेसका कञ्चन तामाङले २५८ मत पाउँदा एमालेका डिलबहादुर खत्रीले २१८ मत पाएका थिए । माओवादीका विष्णुप्रसाद आचार्यले १८४ मत पाएका थिए ।

त्यस्तै, ६ मा माओवादीका उम्मेदवार गोविन्द वाराकोटीले ५९५ ल्याई जितेका थिए । उनका प्रतिद्वन्द्वी चेतबहादुर गुरुङले ५५१ मत पाएका थिए । एमालेका सिद्धिबहादुर पाटाले ४४९ र माओवादीका बुद्धिमान तामाङले १५३ मत पाएका थिए ।

त्यसैगरी वडा ७ मा एमालेका वसन्तकुमार श्रेष्ठले ६९४ मत ल्याई विजयी भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी मीना कुमालले ६५४ मत पाएका थिए । माओवादीका सन्तोष पाण्डेले ६४५ मत पाएका थिए । नयाँ शक्तिले सुशिला श्रेष्ठले जम्मा ५० मत पाएका छन् ।

त्यस्तै, वडा नं. ८ मा माओवादीका शंकरराज कँडेलले ४७२ मत ल्याई जितेका थिए । एमालेका गोविन्दबहादुर अधिकारीले ३३१ मत पाएका थिए । कांग्रेसका सन्तोष भण्डारीले १५१ मत पाएका थिए । नयाँ शक्तिका गणेशबहादुर थापाले १३१ मत पाएका थिए ।

त्यस्तै, कांग्रेसका भोजराज पाण्डेले ६७३ मत ल्याएर विजयी भएका थिए । माओवादीका उम्मेदवार चक्रबहादुर लामाले ६४४ मत पाएका थिए । तेस्रोमा एमालेका परशुराम पाण्डेले २६४ र नयाँ शक्तिका नरबहादुर परियारले १४९ मत पाएका थिए ।

यसैगरी, वडा १० मा माओवादीका रोखराज धौरालीले ३७४ मत ल्याई विजयी भएका थिए । कांग्रेसका अमर धितालले ३४८ र एमाले २४८ मत पाएका थिए । नयाँ शक्तिका उम्मेद्वार प्रेमबहादुर राना मगरले जम्मा ६९ मत पाएका थिए ।

पछिल्लो पाँच वर्षमा राजनीतिक दलमा निकै परिवर्तन आएको छ । नेकपा छिन्नभिन्न भएर तीन चिरामा विभक्त छ भने स्वयं बाबुराम भट्टराईको तत्कालीन पार्टी नयाँ शक्ति अहिले अस्तित्त्वमा छैन । शक्ति सञ्चयका निम्ति विभिन्न दल हुँदै उनी अहिले उपेन्द्र यादवको दलमा ओत लागेका छन् । गोरखा र पालुङटारमा बाबुरामको आफ्नै छाप छ । तथापि, अघिल्लो स्थानीय तहको चुनावी परिणामले उनी आफ्नै नगरपालिकामा अन्य दलको सहायताबिना परिणाम हात पार्ने अवस्थामा नरहेको देखाउँछ । बाबुरामले पछिल्लो पाँच वर्षमा कुनै उल्लेख्य कार्य नगरेकाले उनको दलप्रति मतदाता आकर्षित हुने ठोस आधार पनि देखिन्न ।