NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पिएनजीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । लगातार दुई खेल जितेको नेपालले पुपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । पिएनजीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

नेपालले त्रिदेशीय टी–२० सिरिजको पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । पिएनजी दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको थियो ।

नेपाल लगातार दुई खेल जित्दै फाइनलको नजिक छ । आज नेपालसँग हारे पिएनजीको फाइनल पुग्ने सम्भावना कमजोर बन्नेछ । किनकी मलेसियाले एक खेल जितिसकेको छ ।

पिएनजीविरुद्धको खेल नेपालले टी–२० खेल्न लागेको ५० औं अन्तर्राष्ट्रिय खेल हो ।

ताजा अपडेट

नेपालवाच विशेष