NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

१० ओभरमा २ विकेट गुमाएर नेपालले बनायो ७७ रन

काठमाडौं । त्रिदेशीय टी २० सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध १० ओभरमा ७७ रन बनाएको छ ।

आधा ओभर सकिंदा नेपालले दुई विकेट गुमाएको छ । जसमा कुशल भुर्तेल १७ रन र आशिफ शेख ३८ रन बनाएर आउट भएका हुन् ।

नेपालले यो सिरिजको पहिलो खेलमा पिएनजी र दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो । तीनमध्ये प्रत्येकले एकअर्कासँग दुई दुई खेल खेल्दा शीर्ष २ भित्र अटाउनेले फाइनल खेल्नेछन् ।