NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पिएनजीविरुद्ध नेपालको विष्फोटक ब्याटिङ : एकै ओभरमा ३२ रन, दियो २०४ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय टी २० सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई विशाल लक्ष्य दिएको छ । विष्फोटक ब्याटिङ गरेको नेपालले २० ओभरमा २०३ रन प्रहार गर्दै चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

उच्च रन बनाउने क्रममा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा अर्धशतकीय ६६ रनको पारी खेले ।  कुशल भुर्तेलले १७, आशिफ शेखले ३८ र रोहित पौडेलले ४१ रन बनाए ।

आदिल खानले ११ बलमा ३१ रन प्रहार गरे । १९ औं ओभरमा ३२ रन प्रहार गरेको नेपालले अन्तिम ओभरमा पनि ठूला प्रहार गर्ने धुनमा तीन विकेट गुमाएर जम्मा चार रन जोडेको छ ।

१९ ओभरमा नेपालले ३२ रन जोडेको छ । जसमा चारवटा छक्का सामेल छन् ।