NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

१० ओभरमा पिएनजीले बनायो ८१ रन

काठमाडौं । नेपालविरुद्ध चुनौतीपूर्ण २०४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १० ओभरमा ८१ रन बनाएको छ ।

२ विकेट गुमाएर ८१ रन बनाउने क्रममा पपुवाका लागि टोनी उराले ३६ र चाल्र्स अमिनीले ३८ रन जोडेर खेलिरहेका छन् ।

नेपालको तर्फबाट दुवै विकेट करण केसीले लिएका हुन् । उनले ३६ खेलबाट ५० विकेट लिएका छन् ।