NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमसिसी पक्षधरलाई गाउँ–गाउँबाट लखेट्न विप्लवकाे आग्रह

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा संसदीय व्यवस्था असफल भएको टिप्पणी गरेका छन् ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको बिहीबार काठमाडौंमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले दलाल पूँजीवादी व्यवस्था परिवर्तन गर्नुपर्ने जोड दिए ।

नेपाली जनताको नेत्रृत्व गर्न संसदीय दलहरू पूर्ण असफल भएको भन्दै अहिलेका राजनीतिक दलहरूबाट राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा हुन नसक्ने दावी गरे । उनले एमसिसी पक्षधरलाई गाउँ–गाउँबाट लखेट्न सबैलाई आग्रह गरे ।

‘एमसिसी नेपाली जनताका लागि गोमन सर्पले लपेटिएको जस्तै गरी आइरहेको छ’, उनले भने, ‘त्यसका विरुद्ध ६ दलीय वाम गठबन्धनको नेत्रृत्वमा क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने छ । कुनै मूल्यमा देशलाई साम्राज्यवादीको हातमा जान दिनुहुँदैन ।’

एमसिसीलाई कुनै कानूनी मान्यता र संसदीय प्रकृयाले लागू गर्न दिन नहुने बताए । एमसिसी विरुद्ध मोर्चा खोलेर प्रतिकार गर्नुपर्ने उनले धारणा राखे ।