NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पिएनजीविरुद्ध करण केसीको ह्याट्रिक

काठमाडौं । त्रिदेशीय सिरिजमा ५० विकेटको कोशेढुंगा कायम गरेका तीव्र गतिका बलर करण केसीले ह्याट्रिक पनि गरेका छन् ।

पपुवा न्युगिनीविरुद्ध पहिलो ओभरमा विकेट लिंदै केसी अन्तर्राष्ट्रि टी–२० प्रतिस्पर्धामा ५० विकेट लिने दोस्रो खेलाडी भएका थिए । उनले ३६ खेलमा ५० विकेट लिएका हुन् । यस अघि सन्दीप लामिछानेले पनि ३६ खेलमा ५० विकेट लिएका थिए ।

उनै केसीले बिहीबार पिएजनीविरुद्ध ह्याट्रिक विकेट लिएका छन् । १९ औं ओभरमा केसीले लगातार तीन विकेट लिंदै ह्याट्रिक पूरा गरेका हुन् ।
उनले २० औ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिंदै ह्याट्रिक पूरा गरेका हुन् । ह्याट्रिका क्रममा उनले दुई खेलाडीलाई शून्य र एक खेलाडीलाई २ रनमा आउट गरेका हुन् ।

No description available.

५ विकेट लिएका करण प्लेयर अफ द म्याच घोषित भएका छन् ।

करणले ह्याट्रिक लिएको खेलमा नेपालले पिएनजीलाई ३७ रनले पराजित गरी एक खेल अगावै फाइनलमा पुगेको छ ।

अन्तर्राष्ट्रिय खेलको ५० औं खेलमा नेपालले जित दर्ता गरेको हो ।