NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले सरकारले गैरकानूनी रूपमा एआईजीमा बढुवा गरेकाेमा असन्तुष्टि जनाउँदै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।