NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रिमियर लिगमा अब एकै खेलमा ५ खेलाडी परिवर्तन गर्न पाइने

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आगामी सिजन पनि पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका छन् ।

प्रिमियर लिग क्लबका शेयरधनीहरू सहमत भएसँगै एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्ने नियम बनेको हो ।

जसअनुसार हरेक टोलीलाई खेलाडी परिवर्तनका लागि तीनपटक समय उपलब्ध गराइनेछ । सो समय टिमले एक वा सोभन्दा बढी परिवर्तन गर्न सक्नेछन् ।

यसका लागि सदा झै टिमले मध्यान्तरको ब्रेकमा समेत खेलाडी परिवर्तन गर्न पाउनेछन् ।

यसअघि फुटबलमा ३ खेलाडी परिवर्तन सकिने नियम रहेको थियो ।

तर, कोरोना भाइरसका कारण विश्व फुटबल महासंघ (फिफा)ले ५ खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको थियो । रोकिएको फुटबल सुरु भएपछि यो नियम पनि परिवर्तन गरिएको हो ।

यसअघि फिफाले २०२२ सम्ममात्र ५ खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको थियो । यसलाई अर्को सिजन पनि निरन्तरता दिएको हो ।