NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
सन्दर्भ : प्रधानमन्त्रीको भारत भ्रमण

विमानस्थलमा गिरिजाप्रसादले पाएकोजस्तो स्वागत अरु प्रधानमन्त्रीले किन पाउँदैनन् ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा छन् । उनी आज अपरान्ह दलबलसहित दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री देउवालाई स्वागत गर्न इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भटलगायत पुगेका थिए । देउवालाई आज दिल्लीमा स्वागत गर्नेमा राज्यमन्त्री भट नै ठूलो पदका थिए ।

नेपालका प्रधानमन्त्रीलाई समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नु त परकै कुरा भारतका कुनै क्याबिनेट मन्त्रीसमेत विमानस्थलमा गएनन् ।

यसलाई लिएर एकथरी जानकारहरूले अपमानमने संज्ञा दिइरहेका छन् । अर्कोतिर भारतले सबै पाहुनालाई यस्तै गर्ने भएकाले यो स्वाभाविक प्रक्रिया रहेको कतिपयको बुझाइ छ ।

यद्यपि, पहिलो राजा–महाराजालाई भने भारतले विमानस्थलमा राम्रै सम्मान गर्ने गरेको स्मरण गर्नेहरू पनि छन् ।

त्यसलाई छोडेर पनि ०६२–६३ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भने भारतले राम्रै स्वागत गरेको थियो । सो बेला तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह गिरिजाप्रसादलाई लिन विमानस्थलमै पुगेका थिए । त्यसपछि नेपालका प्रधानमन्त्री भारत जाँदा यस्ता घटना सायद दाहोरिएका छैनन् ।

गिरिजाप्रसादले जनआन्दोलनपछि ठूलो उचाइ बनाएका थिए । उनलाई राजनेताको उपमा दिइएको थियो । यसै भएर उनको कदकै कारण मनमोहन सिंह विमानस्थलसम्मै पुगेको विश्लेषण गरिएको छ ।

देउवालाई स्वागत गर्न मोदी त के क्याबिनेट मन्त्रीसमेत विमानस्थल गएनन्