NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

अन्ततः श्रीलंकामा संकटकाल घोषणा

काठमाडौं । आर्थिक संकटको चपेटामा परेको श्रीलंकाले अन्ततः संकटकाल घोषणा गरेको छ । प्रदर्शन चर्किंदै गएपछि त्यहाँका राष्ट्रपति गोताबाय राजापाक्षले देशव्यापी संकटकाल घोषणा गरेका हुन् ।

उक्त संकटकाल आजदेखि नै लागू हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, सार्वजनिक सुरक्षा, आपूर्ति र अत्यावश्यक सेवाको सुनिश्चित गर्न संकटकाल घोषणा गरिएको राष्ट्रपति राजापाक्षले बताएका छन् ।

टापु राष्ट्र श्रीलंकाले इतिहासमै पहिलो पटक सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ । यसको मुख्य कारण महामारीले पर्यटन क्षेत्र प्रभावित हुनुलाई मानिएको छ ।

दक्षिण एसियाली मुलुक श्रीलंकाले अहिले १० घण्टासम्म विद्युत् आपूर्ति बन्द गरिरहेको छ । देशका सबैजसो भागमा डिजेलको समेत अभाव छ ।

यसको विरोधमा देशभर हिंसात्मक प्रदर्शनसमेत भइरहेका छन् । आन्दोलनकारीले राष्ट्रपति राजापाक्षको निवासनजिक प्रदर्शन गर्दै उनको राजीनामा समेत मागेका थिए ।

संकटकाल घोषणापछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिन थालिएको छ ।