NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रुस-युक्रेन युद्धका कारण विश्वभरका उपभोक्ता प्रभावित

काठमाडौं । रुस–युक्रेनबीचको युद्धले बजारमा वस्तुको मूल्य अकासिएको छ । यसले विश्वव्यापी रुपमा उपभोक्ताहरूलाई ऊर्जादेखि खाद्यान्नसम्मका विभिन्न वस्तुहरूको लागि बढी पैसा तिर्नुपरेको छ ।

तेल आपूर्ति अभावको डरले मूल्य अस्थिरता बढाएको छ । वैश्विक बेन्चमार्क ब्रेन्ट क्रूड प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ, जसले पम्पको मूल्य युरोपभर नयाँ उचाइमा पुर्याएको छ ।

बेलायतमा पेट्रोल र डिजेलको मूल्यले ‘लगभग दैनिक’ रेकर्ड तोडेको छ । ब्रिटिश अटोमोटिभका नीति प्रमुख निकोलस लाइसका अनुसार ए ९२ पाउन्डभन्दा बढी र डिजेल गाडी लगभग १०० पाउन्डमा भरिन्छ ।

ग्रीसमा एटिकाको ग्यास स्टेसन ओनर्स एसोसिएसनका अध्यक्ष मारिया जाग्काले इन्धनको मूल्यको अवस्था कठिन रहेको बताएका छन् ।

डेनमार्कमा पनि अवस्था त्यस्तै छ ।

स्थानीय ग्यास स्टेसनका ग्राहक ड्यारियस कोलोड्जिएस्कीका अनुसार गत वर्षको अक्टोबर वा नोभेम्बरमा आफ्नो सानो कार अधिकतममा भर्न करिब ४०० डेनिस क्रोन (६० डलर) खर्च भएको थियो, तर मार्चमा मूल्य बढेर पूरा ट्यांक भर्न करिब ५१० क्रोन तिर्नुपरेको छ ।

तेलको मूल्य बढेसँगै उपभोक्ताले आफ्नो खर्च कटौती गर्ने निर्णय गरेका छन् । ‘पेट्रोल स्टेसनमा गएर दैनिकरूपमा मूल्य बढ्दै गएको देख्दा मलाई ठूलो आश्चर्य लाग्यो’, डेनमार्कका पेन्सनर निगेल बर्नार्डले भने ।

युरोपबाहिर प्रभाव

धेरैले युक्रेन संकटसँगको निकटता र रुसको ऊर्जामा निर्भरताका कारण युरोपले स्पिलओभरको असर लिने धारणा राखेका थिए । युद्धको विनाश र विश्वव्यापी बजारमा धक्का लाग्दा विश्वव्यापी उपभोक्ताहरूले पीडा महसुस गरिरहेका छन् ।

अमेरिकामा खुद्रा पेट्रोल मूल्यहरू मार्चमा रेकर्ड उच्च बिन्दूमा पुग्यो, जुन जुलाई २००८ मा देखिएको ४.१६५ डलरप्रति ग्यालनको अघिल्लो उचाइभन्दा माथि पुग्यो । ऊर्जा परामर्श वुड म्याकेन्जीका विश्लेषक एड क्रुक्सका अनुसार अमेरिकी घरायसी बजेटमा ग्यास ठूलो कारक हो ।

क्रुक्सका अनुसार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक नजरले हजारौं अमेरिकीहरूले इन्धनको मूल्यको बारेमा गुनासो वा तीतो मजाकहरू गरेको पोस्टहरू देखाउँदछ ।

अफ्रिकाका मोटर चालकहरूले पनि बढ्दो मूल्य महसुस गरेका छन् । रुवान्डाको राजधानी किगालीमा बस्ने इशिमवे एरिकले भने, ‘तपाईंले एक हजार एफआरडब्लु (लगभग ९.९ डलर) को पेट्रोल राख्नुभयो भने अलिकति अगाडि गएर पेट्रोल सकिएको महसुस गर्नुहुन्छ। गम्भीररूपमा यो धेरै निराशाजनक छ। यो गाडी चलाउने मानिसहरूलाई धेरै गाह्रो छ।’

युक्रेन र रुस जस्ता देशहरू ऊर्जा र धेरै कृषि उत्पादनहरूका प्रमुख निर्यातकहरू हुन् भनी उल्लेख गर्दै रुवामापेराले भने, ‘हामी थप मूल्यहरू बढ्ने आशा गर्दछौँ ।’

मध्यपूर्वका धेरै देशहरूले अन्न, तेल र मासुको मूल्य पनि बढेको अनुभव गरेका छन् । विश्वको सबैभन्दा ठूलो गहुँ आयातकर्ता मुलुक इजिप्ट हो ।

कायरो चेम्बर अफ कमर्सको बेकरी डिभिजन प्रमुख अतिया हम्मादका अनुसार त्यहाँ मार्चमा एक टन पीठोको बजार मूल्य बढेर ११,००० इजिप्सियन पाउन्ड ९६०० डलर पुगेको छ, जुन एक महिना अघि ९,००० पाउन्ड थियो ।

विश्लेषकहरूले रूस विरुद्ध प्रतिबन्धहरू युरोपको खर्चमा आएको टिप्पणी गरेका छन् । क्रोएसियाली ऊर्जा विशेषज्ञ इगोर ग्रोजडानिकले सिन्ह्वासँगको एक अन्तर्वार्तामा प्रतिबन्धहरू विशेषगरी ऊर्जा उद्योगका लागि ‘समस्याग्रस्त’ रहेको बताए ।

युरोपले आफ्नो भविष्यको ऊर्जा आपूर्तिलाई पुनः डिजाइन गर्दा छोटो अवधिमा रूसी ऊर्जामा आफ्नो निर्भरता घटाउने क्षेत्रका लागि कुनै सजिलो जवाफको अपेक्षा गरिएको छैन ।

अमेरिकामा उच्च मूल्यहरू जारी रहने सम्भावना थियो । यस वर्ष अमेरिकी कच्चा तेलको उत्पादन प्रतिदिन ७३०,००० ब्यारेलले बढ्ने वुड म्याकेन्जीको भविष्यवाणीलाई ध्यानमा राख्दै क्रुक्सले रुसमाथिको प्रतिबन्धको प्रभावमा केन्द्रित रहेको तेल बजारलाई शान्त पार्नको लागि वृद्धिको गति पर्याप्त नभएको बताए ।

रुस–युक्रेन द्वन्द्व चलिरहेको अवस्थामा मूल्यहरू उच्चस्तरमा रहने वा अझै बढ्ने अपेक्षा गरिएको छ ।