NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मलेसियालाई ८५ रनले हराएको नेपाल अपराजित रहँदै फाइनलमा

उपाधिका लागि पिएनजीसँग खेल्ने

काठमाडौं । त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा मदेसियालाई ८५ रनले हराउँदै नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो ।

घरेलु मैदानमा जारी सिरिजमा नेपालले ४ खेलमा शतप्रतिशत जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । आज पराजित भएसँगै मलेसिया सिरिजबाट बाहिरिएको छ ।

अब उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच भिडन्त हुनेछ । पिएनजी र मलेसियाले समान खेलमा समान १ जित निकालेका थिए । तर नेट रनरेटका आधारमा पिएनजी फाइनल पुगेको हो ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आज २२४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा १३८ रनमात्र बनाउँदै अलआउट हुन पुग्यो ।

नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट हात चट्काए । यस्तै, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीले समान २-२ विकेट लिए ।

साथै, कुशल भुर्तेल र रोहित पौडेलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मत्रा ५ विकेट गुमाएर २२३ रन बनाएको थियो ।

जसमा दीपेन्द्रसिंह ऐरीको आक्रामक शतकीय इनिङ खेले । उनले अविजित रहँदै ११० रनको इनिङ खेलेका हुन् । ५७ बल खेलेका उनले १० चौका र ६ छक्का प्रहार गर्न सफल भए । टि–ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक पूरा गरेका दीपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत सबैभन्दा धेरै हो ।

यस्तै, रोहित पौडेलले पनि अर्धशतक पूरा गरे । उनले ३४ बलमा ५ चौकाको मद्दतमा ५१ रन बनाए ।

यसैगरी, आसिफ शेखले १८, आदिल अन्सारीले १४ र ओपनर कुशल भुर्तेलले १२ रन बनाउँदै नेपालको जितको आधार तयार गरेका थिए ।

अर्का ओपनर आरिफ शेख भने २ रनमा पबेलियन फर्किका थिए ।