NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
विश्वकप ड्र

इंग्ल्याण्ड र नेदरल्याण्ड्सलाई सजिलो

काठमाडौं । कतारमा यसै वर्ष हुन लागेको विश्वकप फुटबलको ड्र सार्वजनिक भएसँगै इंग्ल्याण्डले राहत महशुस गरेको छ ।

गएराति दोहामा भएको ड्रमा इंग्ल्याण्ड समूह बीमा परेको छ । इंग्ल्याण्डले तुलनात्मक कमजोर प्रतिद्धन्द्धी पाएको इंग्लिस फुटबल पण्डितहरूले विश्लेषण गरिहेका छन् । इंग्ल्याण्डको समूहमा इरान, अमेरिका र युरोपियन प्ले अफबाट आउने टोली वेल्स र स्कटल्याण्ड वा युक्रेनमध्ये एक छनोट हुनेछ ।

सन् १९६६ को विजेता इंग्ल्याण्ड फिफा वरीयताको पाँचौ स्थानमा रहँदै सिडेड टिममा परेको छ । उसका प्रतिद्धन्द्धीहरू फिफा वरीयतामा धेरै नै पछि छन् । इरान २१ औं स्थानमा छ भने १५ औँ स्थानमा रहेको छ । यस्तै प्ले अफबाट आउनेमध्ये वेल्स १८ औँ, युक्रेन २७ औँ र स्कटल्याण्ड ३९ स्थानमा छन् ।

यो वरीयता युरोकपको उपविजेता इंग्ल्याण्डको तुलनामा धेरै तल हो ।

अघिल्लो विश्वकप गुमाएको नेदरल्याण्ड्स पनि योपटक सहज समूहमा परेकाे विश्लेषण गरिएको छ ।

यस्तै, नेदरल्याण्ड्स समूह एमा छ । यो समूहमा आयोजक कतार, इक्वेडर र सेनेगल परेका छन् ।

आयोजकको रूपमा छनोट खेल्न नपरी आयोजकको रूपमा विश्वकपमा पुगेको कतार फिफा वरीयताको ५१ औँ स्थानमा छ । दक्षिण अमेरिकी देश इक्वेडर ४६ औँमा र अफ्रिकी देश सेनेगल २० औँ स्थानमा छ ।

सो समूहको विजेता बन्न नेदरल्याड्सलाई गाह्रो नपर्ने फुटबल पण्डितहरूको विश्लेषण छ ।

२०१० को विजेता स्पेन र ४ पटकको विजेता जर्मनी समूह चरणमै भिड्ने

ताजा अपडेट

नेपालवाच विशेष