NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु

काठमाडौं । ताप्लेजुङमा चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु भएको छ । सिरीजंघा गाउँपालिका–२, आम्वेगुदिन ल्हासाटोलमा परेको चट्याङ लागेर २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो ।

शनिबार बेलुका करिब साढे ८ बजेतिर परेको चट्याङ लागेर भछ्टराई घाइते भएका थिए । उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगेकोमा स्वास्थ्यकर्मीले उनको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।

भट्टराई पालिकास्तरीय भलिबल खेलाडी हुन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष