NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । बाँडफाँट हुँदा गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।

ग्रीन भेन्चर्स चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेका  थिए। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेका हुन् ।

जसमध्ये ५५ अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोष र ३५ अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, ग्रीन भेन्चर्सको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।