NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

माधव नेपालसहित १४ सांसद विरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १४ सांसदविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्दैछ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदको वैधानिकतामाथि प्रश्न उठाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोगलाई विपक्षी बनाइ गत भदौमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उक्त रिटमाथि आज सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

एमाले विभाजन हुनुपूर्व आफ्ना १४ सांसदलाई कारवाही गरेपनि सभामुख सापकोटाले बदनियतपूर्ण रूपमा कारवाहीको सूचना नटाँसेको आरोप लगाएका थिए ।

उनले दायर गरेको रिटमा यसअघि अन्तरिम अन्तरिम आदेश माग गरेपनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले अन्तरिम आदेश दिएको थिएन । एमालेले आफ्ना १४ सांसदलाई कारवाही गर्न माग राख्दै भदौ २३ देखि निरन्तर संसद अवरोध गर्दै आएको छ ।