NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

संकट पर्दा देश बचाउने माओवादी भए पनि सरकारको नेतृत्वमा गैरमाओवादी हुनु बिडम्बना : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई संकट पर्दा बचाउने माओवादी भए पनि सरकारको नेतृत्वमा गैरमाओवादी हुनु बिडम्बना भएको टिप्पणी गरेका छन् ।

शहीद रामवृक्ष यादवको शालिक अनावरणका लागि आइतबार जनकपुरधाम पुगेका प्रचण्डले सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिहेकोप्रति संकेत गर्दै यस्तो बताएका हुन् ।

माओवादीले मात्र राम्रो काम गर्न सक्छ भन्ने विश्वास जनतालाई भएकोले आफ्नो पक्षमा जन लहर बढ्दै गएको उनले दाबीसमेत गरे ।

प्रचण्डको दाबी– माओवादीले नेतृत्व गरेका स्थानीय सरकार उत्कृष्ट