NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

ज्योतीषीय नजरमा कति उपयोगी छ सुकुमेल ?

भान्छामा यस्ता अनेक चीज हुन्छन्, जसको उपयोग तंत्र–मंत्र व ज्योतिषि उपचारमा पनि गरिन्छ । जसमध्ये सुकुमेललाई पनि लिन सकिन्छ ।

सुकुमेल यसको सुगन्धको लागि परिचित छ । तर के तपाईँले कहिल्यै सोच्नुभएको छ ? चिया र खानको स्वाद बढाउने सुकुमेलले तपाईँको सुतेको भाग्य पनि जगाउन सक्छ ? हो, भान्साकोठामा मसलाको रूपमा प्रयोग गरिने सुकुमेलले खानालाई दोब्बर स्वादिलो बनाउने मात्र होइन, ज्योतिषमा पनि यसको विशेष महत्व छ ।

सुकुमेलको प्रयोगले जीवनका ठूला समस्यालाई कम गर्न सक्ने ज्योतिषीय मान्यता छ । सानो सुकुमेलले तपाईंको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । आज हामी तपाईलाई सुकुमेलको माध्यमबाट कसरी आफ्नो भाग्य बदल्ने र सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्योतिषी तथा केही धार्मिक मान्यतासँग सम्बन्धित कुरा बताउनेछौँ ।

धन कमाउने उपाय

यदि तपाई आर्थिक संकटबाट समस्यामा हुनुहुन्छ भने, पैसा आउँछ, तर बच्दैन भने पर्समा वा जहाँ पैसा राख्नुहुन्छ त्यहाँ ६ वटा हरियो सुकुमेल राख्नुहोस् । यसो गर्दा आम्दानी बढ्छ र पैसा कम खर्च हुन्छ ।

गरीबी हटाउने उपाय

गरिबी हटाउन, गरिब असहाय वा नपुंसकलाई सिक्का दान गर्नुहोस्, साथै उसलाई हरियो सुकुमेल खुवाउनुहोस् । यसो गर्नाले घरबाट गरिबी हट्छ भन्ने विश्वास गरिन्छ ।

जागिरमा पदोन्नतिको उपाय

जागिरमा बढुवा चाहनुहुन्छ भने हरियो कपडामा सुकुमेल बाँधेर राती सिरानीमुनि राख्नुहोस् । त्यसपछि बिहान उठेर कुनै पनि व्यक्तिलाई दिनुहोस् । यसले तपाईंलाई पदोन्नति दिन सक्छ ।

शुक्र बलियो बनाउने उपाय

यदि तपाईको शुक्र कमजोर छ भने दुइवटा सुकुमेललाई धेरै पानीमा हालेर आधा पानी नहोउन्जेल उमाल्नुहोस् । अब यो पानीमा मिसाएर नुहाउनुहोस् । स्नान गर्दा ओम जयन्ती मंगला काली भद्रकालीको जप गर्नुहोस्, यो उपाय गर्नाले शुक्र ग्रह बलियो बन्न सकिन्छ ।

छिटो विवाहको लागि

यदि तपाईं विवाह योग्य उमेरको हुनुहुन्छ र विवाहमा ढिलाइ भइरहेको छ भने, कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो बिहीबार गुरु मन्दिरमा दुइवटा हरियो अलैंचीसहित पाँच प्रकारको मिठाई चढाउनुहोस् । यसबाट चाँडै राम्रो सम्बन्ध आउन थाल्छ ।

परीक्षामा सफलताको लागि

परीक्षामा सफलता पाउनको लागि शुक्ल पक्षको पहिलो बिहीबार सूर्यास्त हुनुभन्दा आधा घण्टा अगाडि पिपलको रुखमुनि पाँच प्रकारका मिठाई र दुई साना सुकुमेल श्रद्धापूर्वक राख्नुपर्छ । परीक्षामा सफलताको लागि पनि प्रार्थना गर्नुहोस् । यो उपाय बिहीबारसम्म लगातार गर्नाले अवश्य सफलता मिल्नेछ ।