NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते
जानकारी

भुलेर पनि जान नहुने विश्वका पाँच ठाउँ

संसार घुम्ने सबैको इच्छा हुन्छ । अझ कतिपयको त विश्वकै अप्ठ्यारा ठाउँ पुगेर बहादुरी देखाउन चाहन्छन् । पछिल्लो समयमा नेपालीहरूमा पनि विदेश घुम्ने संस्कृति बढ्दो छ । हो, तपाईं पक्कै विभिन्न देश घुम्न सौखिन हुनुहुन्छ । तर, रमाइलोका लागि विभिन्न देश जाँदा ती ठाउँबारे जानकारी राख्नुहोस्, नत्र तपाईं खतरनाक ठाउँमा पुगेर फस्नसमेत सक्नुहुनेछ । या त अनाहकमै कारबाहीमा पर्नुहुनेछ । त्यस्तो नहोस् भन्ने हेतुले हामीले विश्वका पाँच जान नमिल्ने ठाउँबारे जानकारी दिन गइरहेका छौँ । विश्वमा यस्ता पाँच खतरनाक ठाउँ छन्, जहाँ गए ज्यानै जान सक्छ ।

१. स्नेक आइल्यान्ड (ब्राजिल)



ब्राजिलको ठूलामध्येको एक सहर साओ पाउलोदेखि एक सय ४४ किमिको दूरीमा एउटा टापु छ । त्यहाँ २० लाखभन्दा बढी सर्पका घर छन् । सो ठाउँको खास नाम पोर्चुगिज भाषामा इल्हा डे क्वेमाडा ग्रान्डे हो । तर, बोलिचालीको भाषामा त्यसलाई स्नेक आइल्यान्ड भन्दछन् । सर्पैसर्प भएको यस ठाउँमा सर्वसाधारण जान सक्दैनन् । मात्र ब्राजिलका नाभी अधिकारी र अनुसन्धानकर्ता गएका छन्, त्यो पनि धेरै होसियारीका साथ । संसारकै खतरनाकमा पर्ने वाइपर प्रजातिको सर्प यो टापुमा बस्छ । सर्पको विष यति खतरनाक हुन्छ कि यसले टोकेको केहीछिनमै मान्छेको मासु गलाइदिन्छ । यसअघि यहाँ जति गए, फर्किएर आएनन् । त्यसैले यस क्षेत्रमा जान ब्राजिल सरकारले प्रतिबन्ध लगाएको छ ।

२. भ्याटिकन अर्काइभ (भ्याटिकन सिटी)


इटालीको राजधानी रोमको बीचमा एउटा सहर छ, जसको नाम भ्याटिकन सिटी हो । क्रिसि्चयनहरूको पवित्र भूमिका रूपमा रहेको यो सहर छुट्टै स्वतन्त्र देश (भ्याटिकन)को असि्तत्वमा छ । उक्त भ्याटिकन सिटीमा रहेको एउटा अर्काइभ घर पर्खालमा लगेर गाडिएको थियो । जसको नाम भ्याटिकन सिक्रेट अर्काइभ हो । यो रोमको आधिकारिक सम्पति्त हो । यहाँ महत्वपूर्ण ऐतिहासिक दस्ताबेजहरू संग्रह गरेर राखिएको छ । यहाँ जान कसैलाई पनि अनुमति छैन । यदि, गएमा सुरक्षाकर्मीले गोली चलाउन सक्छन् र तपाईंको ज्यानै जान सक्छ ।

३. आइसा ग्रान्ड स्रेन (जापान)

जापानमा आइसे ग्रान्ड स्रेन नामको एउटा ठाउँ छ, जो स्रेन (तीव्रता) देवी अमातेरसु–ओमिनामीलाई समर्पित गरिएको छ । यो स्रेन तेस्रो शताब्दीमा बनेको थियो । हाल यसको भवन पूरै जर्जर भएको छ । यो ठाउँमा हरेक वर्ष ६० लाखभन्दा बढी तीर्थयात्री आउने गर्छन् । तर, ती तीर्थयात्रीलाई भवनको गेटभन्दा भित्रसम्म जाने अनुमति छैन । भित्र एउटा जादुगरी सिसा रहेको मान्यता छ । तसर्थ, त्यहाँ मूल पुजारी, तिनका परिवार र जापानको शाही परिवारका सदस्यलाई मात्र जाने अनुमति छ । यदि जबर्जस्ती गरेमा कारबाहीमा परिन्छ ।

४. सन ट्रस्ट प्लाजा (अमेरिका)

अमेरिकाको जर्जियासि्थत एटलान्टामा सन ट्रस्ट बैंक प्लाजा छ । जहाँ कोकाकोला डि्रंक्स बनाउने सूत्र (कोकाकोला वाल्ट) सुरक्षाबीच एउटा कोठामा राखिएको छ ।

यो फर्मुला सन् १९२५ देखि राखिएको हो । यसमा जाने अनुमति खास विशेष मानिसलाई मात्र छ । सर्वसाधारण गए कारबाहीमा पर्नेछन् ।

५. स्वालबार्ड (नर्वे)


नर्वेमा एउटा बैंक छ, जसको नाम स्वालबार्ड ग्लोबल सिड हो । यो बैंकमा करिब चार हजार प्रजातिका बिउका आठ लाख ४० हजार नमुना (स्याम्पल) राखिएको छ । पहाडलाई काटेर यो बैंक बनाइएको हो । प्राकृतिक विपति्त र युद्धजस्ता घटना भएका वेलासमेत सो क्षेत्रमा सुरकि्षत हुन् भन्ने उद्देश्यले ती बिउ राखिएको बताइन्छ । यहाँ पनि छिर्न सर्वसाधारणलाई वर्जित गरिएको छ ।