NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाल बैंकको विभिन्न पदको खुला प्रतिस्पर्धाको नतिजा सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडको सहायक प्रबन्धक, सहायक प्रबन्धक (सिए) र सहायक प्रबन्धक (आईटी) को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । गत असोजमा सञ्चालिक लिखित परीक्षाको नतिजा लोक सेवा आयोगले सार्वजनिक गरेको हो । साथै उसले लिखित परीक्षामा सफल भएकाको अन्तर्वार्ता पनि तय गरेको छ ।

सहायक प्रबन्धकको लिखित परीक्षामा ८८२ जना सहभागी भएकोमा खुला तथा समावेशी गरी कुल ४७ जना लिखित परीक्षामा सफल भएका छन् । सहायक प्रबन्धक सिएमा ४० जना सहभागी भएकोमा २०, सहायक प्रबन्धक (आइटीमा ११९ ले प्रतिस्पर्धा गरेकोमा १४ जना छनोट भएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष